काठमाडौं । सस्तो मूल्यमा स्ट्रङ बियर खान चाहने पारखीहरुलाई लक्षित गरी टाइगर ब्रुअरीले सुपर स्ट्रङ ‘अन्नपूर्ण’ बजारमा ल्याएको छ । टाइगर ब्रुअरीमा नयाँ लगानीकर्ताको रुपमा दुर्गा प्रसाईंको प्रवेशपछि पहिलो उत्पादनका रुपमा अन्नपूर्ण ल्याएको हो ।
गत माघबाट बजारमा आएको सो बियरको मूल्य १ सय ४० रुपैयाँ तोकिएको छ । ८ प्रतिशत अल्कोहल रहेको सो बियर धेरैले रुचाएको ब्रुअरीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नविन पाैडेलले जानकारी दिए ।
थोरै पैसामा कडा बियर पाइने भएकाले पनि सबैले रुचाइरहेको उनको भनाइ छ । उत्पादन भएको छोटो समयमै सबैको मन जित्न सफल भएको भन्दै अब केही समयभित्र मार्सी बियर पनि बजारमा आइसक्ने बताए ।
विभिन्न स्वादमा उत्पादन हुने सो बियरको आवश्यक तयारी पूरा भइसकेको छ । बोटलिङलगायत आवश्यक सम्पूर्ण सामग्रीहरु उद्योगमा आइसकेकाले अबको एक महिनाभित्रमा नेपाली बजारमा मार्सी बियर आइसक्ने उनको भनाइ छ ।
थप
expand_moreकम
expand_less