ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा आयो दराज हाटबजार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ९, आइतबार ,०६:११:PM  
ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा आयो दराज हाटबजार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ गतेदेखि दराज हाटबजार सुरु हुने घोषणा गरेको छ । दराजले ग्राहकहरुको लागि महा डिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भाैचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ ।

यसका साथै ग्राहकहरुले दराज हाटबजारमा ५ लाखभन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादि सामानहरू पर्छन् । दराज हाटबजारमा प्रदर्शित “खेल १ रुपैयाँको” गेममा भाग लिने ग्राहकहरुले १९ हजार ९ सय ९९ मूल्यको नयाँ“मोटोरोलाजीप्ले” जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।

यसबाहेक ग्राहकहरुले १५ हजार ९९० मूल्यको “अनर वाचम्यगिक” घडी, साथै रु २१ हजार ७ सय २५ रुपैयाँ पर्ने आकर्षक सफ्ट साइड स्पिनर सुटकेस पनि जित्न सक्नेछन ।

महिनाको डिस होम इन्टर्नेट प्याकेज पनि जित्न सकिन्छ साथै अन्य उत्पादनहरु पनि छन् । खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्डमार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरी १ रुपैयाँमा भुक्तानी गर्न सक्छन्। यदि जितेनन् भने रकमफिर्ता हुनेछ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top