कन्चनपुर पुगेर प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन १०, साेमबार,०४:४९:PM  
कन्चनपुर पुगेर प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिका पुगेर दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले वि.सं २०५२ सालमा औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो ।

घोषणाको २५ वर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित भएका छन् ।  पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी ९ अर्बको लागतमा औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ ।

सो औद्योगिक क्षेत्र ९ सय बिघा क्षेत्रफलमा स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय बिघा क्षेत्रफलमा स्थापना गरिनेछ । सो क्षेत्रफलमा एक सय बढी उद्योग खोल्न सकिनेछ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top