काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले धनुषाको ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा सञ्चालनमा ल्याएको छ ।
धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उपनिर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका छन ।
उक्त क्युआर कोर्ड सेवा सुरु भएसंगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
दुवै कार्यक्रममा नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवैको बचत हुने बताए ।
कार्यक्रममा बैंक सञ्चालक समितिका पदाधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि ,कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता थियो
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
थप
expand_moreकम
expand_less