अब सजिलै एनसेलको एपबाटै लिन सकिन्छ यस्ता सेवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,११:२१:AM  
अब सजिलै एनसेलको एपबाटै लिन सकिन्छ यस्ता सेवा

काठमाडौं । एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिन सक्नेछन् । 

साथै, आफ्नो आवश्यकताअनुसार सेवाहरू सुचारु गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । 

नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्छ । 

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारुलगायत विभिन्न कार्यहरू गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाहरूको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । 

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, बिल र सेवाखपतको ट्रयाकिङ लगायतका कार्यहरू गर्न सक्छन् । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवाबन्द गर्न सकिने सुविध पनि छ । 

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरू एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रूपमा प्रयोग गर्न सक्छन् । एपमाग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधापनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरू सुचारु गर्न सक्छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top