काठमाडौं । जीवन बिमा कोषको आधारमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थान चौथो सेवा प्रदायक बनेको छ । संस्थान ३१ अर्ब ७२ करोड जीवन बिमा कोष कायम गर्दै चौथो स्थानमा रहेको हो ।
जीवन बिमा क्षेत्रको कुल बिमा कोष ३ अर्ब २३ अर्ब १८ करोड रुपैयाँ छ । सो बिमा कोषमध्ये बिमा संस्थानले आफ्नो हिस्सा ९ दशमलव ८२ प्रतिशत रहेको बताएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १९ जीवन बिमा कम्पनीले ६६ अर्ब १६ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । सोही समयमा बिमा संस्थानले ५ अर्ब ६८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
बिमाशुल्क संकलनको आधारमा पनि तेस्रो स्थानमा रहेको संस्थानको बजार हिस्सा ८ दशमलव ५९ प्रतिशत छ ।
गत पुस समान्तसम्म कुल बिमालेख संख्या ९१ लाख ५१ हजार ६ सय ६८ रहेकोमा सोमध्ये संस्थानले ७ लाख ३५ हजार ८ सय ९९ बिमालेख जारी गरेको छ ।
संस्थानको आम्दानी लगानी १ अर्ब १६ करोड, दाबी भुक्तानी १ अर्ब ४४ करोड, व्यवस्थापन खर्च ८ करोड ७५ लाख, बचत ५ अर्ब १८ करोड रुपैयाँ छ । बिमा संस्थानको ५४ वार्षिक कार्यक्रममा बोल्दै प्रशासक कविप्रसाद पाठकले सो जानकारी दिएका हुन् ।
कार्यक्रममा बिमा समितिका अध्यक्षले बिमा क्षेत्रमा आफू नयाँ भए पनि बिमा क्षेत्रमा समस्या छन् भन्ने विषयमा सचेत रहेको बताएका छन् ।
‘बिमा क्षेत्रमा समस्या छन् यसको जिम्मेवारी सम्बन्धित नियामक तथा कम्पनीले लिन सक्नुपर्छ किनभने यसको धेरथोर भाग सबैलाई पर्छ । कोरोना बिमाकै कुरा गर्दा पनि यसका सकारात्मक पक्षहरूलाई हामीले बिर्सिनु हुँदैन, म नयाँ र पुराना कम्पनीलाई सोलोडोलो हिसाबले सबैलाई एउटै डालोमा हाल्दिन, आवश्यकताअनुसार कम्पनीहरूलाई फरक व्यवहार गर्छौं’, बिमा समितिका अध्यक्ष सिलवालले भने ।
यस्तै, डेपुटी गभर्नर सिवाकोटीले बैंक र बिमा एक आपसमा जोडिने भएकाले यी दुई क्षेत्र सम्बन्धित हुने बताएका छन् ।
बिमा क्षेत्रको प्रगतिको सम्भावना धेरै छन्, अहिलेसम्म सकि नसकि आफ्ना प्रयत्न गर्दै आएको बिमा क्षेत्र अब प्रविधिमैत्री हुन जरुरी छ । बैंकले गर्दै आएका क्युआर कोडलगायतका अभ्यास बिमा क्षेत्रमा समेत उपयोगी हुने सिवाकोटीले बताए ।
उनले अभिकर्ताहरू कसिसनको पछाडि मात्रै दौडेरभन्दा पनि बिमा सेवा प्रवाह गर्ने कुरामा केन्द्रित हुनुपर्ने र एक्चुरी भ्यालुयसन, अडिट, वित्तीय विवरणका विषयमा बिमा कम्पनी तथा समिति समय सापेक्ष हुनुपर्ने बताए । यस्तै, कोरोना बिमाले पुर्याएको नकारात्मक असरबाट सम्पूर्ण बिमा क्षेत्रले पाठ सिक्नुपर्ने र छोटो समयमा फेल हुने बिमा पोलिसी निकाल्नुभन्दा बिमा पोलिसी निकाल्नु अघि नै राम्रो अध्ययन गर्नुपर्ने कार्यक्रममा बताइयो ।
कार्यक्रमका प्रमुख अतिथिमा बिमा समितिका अध्यक्ष सिलवाल, विशेष अतिथिमा डेपुटी गभर्नर सिवाकोटी, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डाक्टर प्रकाशकुमार श्रेष्ठ, नेपाल व्यवस्थापन संघका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
थप
expand_moreकम
expand_less