काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा सदर कि बदरको विषय बिचाराधीन रहेका बेला राजनीतिक सरगर्मीको लेप मच्चाउँदा सेयर बजार प्रभावित भएको छ ।
सर्वोच्चले संसद विघटनसम्बन्धी मुद्दामा १० गतेसम्म बहसकर्ताहरुलाई लिखित नोट बुझाउन दिएको निर्देशनसँगै सोमबार र मंगलबार सेयर बजारलाई प्रभावित बनाउन विभिन्न समूहले आ–आफ्नो ढङ्गले ब्याख्या, विश्लेषण र अनुमानहरुको प्रचार तीब्र बनाएका थिए । त्यसैको सिकार सेयर बजार बनेको छ ।
सोमबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर राण र प्रधान सेनापति पूर्णचन्द्र थापाबीचको भेटघाट, मंगलबार बिहानै सुरक्षा परिषद्को बैठक, लगत्तै मन्त्रीपरिषदको बैंठक र बिहानै देखि महान्यानधीवक्ता अग्ने खरेलको राजीनाको हल्लाको असर सेयर बजारमा परेको छ । सुरक्षा परिषद्को बैंठकले संकटकालको अनुमानलाई हाउजुगी बनाए पछि मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ह्वात्तै घटेर १ बजेसम्ममा २५१९ अंकमा खुम्चिएको थियो । यद्यपि, कारोबार खुल्ने वित्तिकै बजार सूचक २६३२ अंकमा थियो ।
फागुन २ देखि निरन्तर बढेको इन्फास्टक्चर बैंक सुरुमा बढे पनि लगत्तै १० प्रतिशतले घटेर ५९४ रुपैयाँमा रोकिएपछि बजार हलचल आएको छ । यद्यपि, त्यसलाई सहयोग गर्दै पछिल्ला दिनमा सकारात्मक सर्किट लगाएको माथिल्लो तामाकोसीको सेयर मूल्य पनि ओरालो लागेको छ । सेयर बजारको प्रकृत्ति र प्रवृक्तिलाई राजनीतिले महत्वपूर्ण प्रभाव पार्छ । राजनीतिमा आउने मुल उतार चढावमा सुरुआती दिन सेयर बजार पनि प्रभावित हुन्छ । तर, सेयर खेलाडीहरुले त्यौ मौकालाई आफूअनुकूल प्रयोग गर्न खोज्छन् ।
यसबीचमा केही कम्पनीको मूल्य लगातार बढिरहेको थियो । त्यसलाई मौका छोप्दै नाफा बुक गर्ने सामान्य प्रचलन हो। यो साता लगानीकर्ताहरुमा त्यो प्रभाव हाबी भएको देखिन्छ । यस्ता बेला बजार माथि लैजाने कि तल झार्ने खेलमा सेयर ब्रोकरहरु पनि सरिक हुन्छन् । संसद् पुनस्थापना हुने हल्ला केही दिन देखि चलिरहेको छ । संसद पुनस्थापना हुँदा फेरी कस्तो सरकार बन्ने हो भन्ने आशंकाले लगानीकताहरुमा मनोबैज्ञानिक प्रभाव परेको देखिन्छ ।
बजार प्रभावित बनाउने बेला ब्रोकरहरुले सामान्यतया आपूm सेयर किन्दैनन् । र बजारलाई खुला छाड्दिन्छन् । मंगलबारको कारोबारको सुरुआती छनक हेर्दा ब्रोकरहरु खासै सक्रिय भएको देखिँदैन । जसले गर्दा बजार न्यून बिन्दूमा पुगेको देखिन्छ । यद्यपि, मध्यान्नसम्म बजारमा चलेका अफवाहहरु निस्तेज हुँदै गएपछि र लगानीकर्ताले अफवाहलाई वेवास्ता गरेर अघि बढे पछि विस्तारै बजार उकालो लाग्नेक्रममा अघि बढ्यो ।
मंगलबार बजार बन्द हुँदा २१.१६ अंकले घटेर २५८६.५१ अंकमा पुगेको छ । मंगलबार ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कारोबार पछिल्ला सातामा भएको कारोबारको औसत भन्दा बढी हो । कारोबार रकमले भने बजारमा अझै आशाको छनक दिएको छ । र बुधबार सुरुआती समयमा बजार बढ्ने र कुनै अपवाह ल्याइएन भने दिनभर नै लय समाउँदै माथि जाने संकेत गरेको छ । तर, तरल राजनीतिको फाइदा उठाउँदै विभिन्न किसिमका अफवाहरू ल्याएर बजार तरङ्गित बनाउने काेसिस भयाे भने अझै घट्न पनि सक्छ । मंगलबारकाे काराेबार प्रवृत्तिले भने बुधबार बजार घट्ने अनुमान गर्न सकिन्न । बजार घट्दा पनि व्यापार समूह २६ अंकले बढेकाे छ भने मंगलबारकाे बजारमा नेपाल फाइनान्स, अपी हाइड्राे, लिवर्टी इनर्जी कम्पनी, हिमालयन पावरकाे सेयर मूल्य ९ प्रतितशत भन्दा बढीले बढेकाे छ । १० प्रतिशत सेयर मूल्य घटेर सर्किट लागेकाे निफ्राकाे ७३ कराेड ९४ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ । त्यसलाइ पच्छयाएकाे माथिल्लाे तामाकाेसीकाे ४३ कराेड ३९ लाख छ ।