काठमाडौं । धितोपत्रको दोस्रो कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीमा देखिएको समस्याको शिकार परिसूचक बनेको छ । बुधबार बिहान कारोबार सुरु भएको केही समयमै अन्य समूहमा सूचिकृत नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य शून्य देखाएपछि सूचक प्रभावित भएको हो ।
कारोबार सुरु हुँदा परिसूचक बढेर २६१९ अंकमा पुगेको थियो । तर, २० मिनेटमै परिसूचक २५०२ अंकमा झर्यो । यस्तो हुनुमा निफ्राको सेयर मूल्य प्राविधिक कारणले समस्या भएपछि असर परेको हो । निफ्राको सेयर मूल्य शुन्यमा झरेपछि समस्या आएको नेप्सेका प्रवत्ता मुराहरि पराजुली पराजुली बताउँछन । उनले पछि सुधार भई काराबार भएको उनले जानकारी दिए ।
त्यसैको शिकार दिनभरी नै बजारमा देखियो । अन्य सूचक बाहेक अधिकाँश सूचकहरु बढेको बजारमा कुनै बेला बजार उक्लिएर २५५५ सम्म पुग्यो । तर, त्यसपछि फेरी बजार तल झरेर २५२७ अंकसम्म पुग्यो । सवा १ बजेपछि निफ्राको सेयर मूल्य समायनकुल बनाउँदा बजार एकै पटक बढेर २६०६ अंकमा चढ्यो ।
केही स्थिर देखिंदै बजार २६३० सम्म चढेको बजार त्यसपछि भने निरन्तर घट्न पुग्यो । यद्यपी परिसूचक भने मंगलबारको भन्दा माथि नै छ । बुधबार १२.५६ अंकले बजार बजेर बजार सूचक २५९९ मा रोकिएको छ । नेप्से कारोबार प्रणालीमा देखिएको समस्याको असर कारोबार रकममा समेत परेको छ ।
विगत केही समयदेखि दैनिक ८ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार हुने गरेकोमा बुधबार ६ अर्ब ७० करोड रुपैयाँमा रोकिएको छ । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई वदर गरेपछि धेरैले बजार बजार बढ्ने अनुमान गरेका थिए ।
कारोबारको सुरुमै यसको संकेत पनि देखिएको हो । तर, कारोबार प्रणलीमा आएको समस्याले नेप्से सूचकको गति कस्तो हो भन्ने भेउ पाउन लगानीकर्तालाई मुस्किल पर्यो । बुधबारमा निफ्रामा देखिएको जस्तो समस्या यसअघि माथिल्लो तामाकोसीमा देखिएको थियो । त्यत्तिबेला कम्पनीले एकाएक सेयर मूल्य ५० प्रतिशतले बढेको थियो ।
जबकी नेप्से प्रणालीमा अधिकतम र न्यूनतम १० प्रतिशतको उतारचढाव भित्र कारोबार गर्न मिल्छ । त्यो भन्दा बढीमा नेप्सेले सेयर मूल्य घटेको वा बढेको कम्पनीको कारोबार रोक्का गरिदिन्छ । कुनै पनि कम्पनीको सेयर मूल्य अघिल्लो दिनको सेयर मूल्यको तलमाथि २० प्रतिशतको मार्जिन रहनुपर्छ ।
बुधबार जलविद्युत र अन्य समूह घटेका छन भने समग्रमा नेप्से परिसूचक बढेको छ । आईएमई जनरल इन्स्योरेन्सको १० प्रतिशतले मूल्य बढ्दा त्यसलाई पच्छाएको नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सको पनि सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
दिनभरीको कारोबारमा परिसूचकलाई नै अलमल्याएर राखेको निफ्राको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ सिमित भएको छ । निफ्रा बाहेक अन्य कम्पनीहरुको ५ प्रतिशत भन्दा कम सेयर मूल्य बढेको छ । निफ्राले अलमल्याएको बजारले बिहीबार कस्तो रफ्तारमा जान्छ भन्ने अनुमान गर्न गाह्रो भएको छ ।
अर्कोतिर राजनीतिक माहौल कसरी विकास हुन्छ त्यसले सेयर बजारले थप उचाइ लिने वा अझै तल झर्ने निक्र्यौल गर्ने छ । अहिलेको अवस्थामा बजार सूचक ह्वातै बढ्ने र झर्नुको कुनै पनि कारण छैन । यस बेला लगानीकर्ता अझ बढी सचेत हुनुपर्ने अवस्था छ ।