काठमाडौं । फागुन ९ गते सिभिल बैंकको १० औं वार्षिक साधारणभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न/हुन वा स्वदेशी/ विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दियो ।
बैंकको साधारणसभा अगावैदेखि सिभिलको नाम कहिले हिमालयन बैंकसँग त कहिले नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रमु बैंकसँग मर्जमा जाने भनेर हल्लाहरू चलिरहे । त्यसैका आधारमा बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रतिकित्ता १ सय २९ रुपैयाँसम्म कारोबार भइरहेकोमा एकाएक बढेर कारोबार हुन थाल्यो । धेरैलाई लाग्यो सिभिल अब राम्रो प्रदर्शन गरेको बैंकसँग मर्जर हुनेछ । त्यही अफवाहमा लागेर लगानीकर्ताहरू सिभिलमा ओइरिए पनि र २ सय ७६ रुपैयाँसम्म पुगेको थियो ।
यसको ५२ हप्ताको उच्च मूल्य २ सय ७६ र ५२ हप्ताकै न्यूनतम मूल्य १ सय २५ रुपैयाँ पुगेको थियो । सेयर किनबेच भयो । तर, साधारणसभा सकिएको लामो समय भइसक्दा पनि बैंक कोसँग मर्ज हुन्छ वा हुँदैन भन्ने टुङ्गो छैन । यद्यपि अहिले वित्तीय क्षेत्र नै मर्जर र एक्विजिसनको धङ्धङीबाट गुज्रिरहेको छ । तर, सिभिलको नाममा बढी चर्चा परिचर्चा हुने गरेको छ ।
सिभिलले पछिल्लो पटक हिमालयन बैंकलाई पत्र नै पठाएर मर्जरको प्रस्ताव गरेको भनिएको छ । तर, त्यसको आधिकारिकता अझै सतहमा आएको छैन । नेप्सेले समेत हिमालयनसँग मर्जका बारेमा स्पष्टीकरण सोधेको थियो । सिभिलले कुनै निर्णय नभएको जानकारी दिएको थियो । उता, प्रभु बैंकसँग पनि निकै चरणमा छलफल भएको थियो तर, अन्तिम समयमा कुरा नमिलेको बताइन्छ । यद्यपि छलफल जारी भएको समेत बताउने गरिन्छ ।
त्यसो त सिभिलको २०६९ कात्तिक २४ गते भएको दोस्रो साधारणसभाले नै पहिलो पटक अर्को बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने (मर्जर तथा एक्विजिसन) वा विदेशी बैंक तथा वित्तीय संस्थासँग संयुक्त लगानी गरी बैंक सञ्चालन गर्ने निर्णय गरेको थियो । बैंकले मर्ज गर्ने निर्णय गरिरहँदा सर्वसाधारण समूहलाई सेयर बिक्री पनि गरेको थिएन । त्यसै साधारणसभाले जारी पुँजीको ४० प्रतिशत प्राथमिक सेयर निष्कासन गर्ने अख्तियारी दिएको थियो । तर, अहिलेसम्म न ठूला र राम्रा बैंकसँग सिभिल गाभिएको छ न त वैदेशिक लगानीकर्ता नै बैंकमा भित्र्याएको छ ।
बैंकको साधारणसभा अगावैदेखि सिभिलको नाम कहिले हिमालयन बैंकसँग त कहिले नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रमु बैंकसँग मर्जमा जाने भनेर हल्लाहरू चलिरहे । त्यसैका आधारमा बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रतिकित्ता १ सय २९ रुपैयाँसम्म कारोबार भइरहेकोमा एकाएक बढेर कारोबार हुन थाल्यो । धेरैलाई लाग्यो सिभिल अब राम्रो प्रदर्शन गरेको बैंकसँग मर्जर हुनेछ । त्यही अफवाहमा लागेर लगानीकर्ताहरू सिभिलमा ओइरिए पनि र २ सय ७६ रुपैयाँसम्म पुगेको थियो ।
सिभिलले यसबीचमा मर्जर तथा प्राप्ति पनि नगरेको होइन । युनिक फाइनान्स, हामा मर्चेन्ट एन्ड फाइनान्स, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स (आइएलएफसी) र एक्सिस डेभलपमेन्ट बैंकलाई आफूमा समाहित गरे पनि आशातित रुपमा अघि बढ्न सकेन । कुनै बेला आफैं वाणिज्य बैंक बन्ने भनेर अघि बढेको र चुक्ता पुँजी नै २ अर्ब रुपैयाँ पुर्याएको आइएलएफसीलाई गाभेपछि सिभिल झनै धर्मरायो । राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै सिभिलले साना संस्थालाई गाभेर ४० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । बैंकले लगानीकर्तालाई लाभाँशै नदिएको पनि होइन तर, समकालीन बैंकहरूभन्दा निकै कम भएको बुझाई लगानीकर्ताको छ ।
‘समृद्धिका लागि सिभिल बैंक’को नारासहित २०६७ मंसिर १० गते ३० औं वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार सुरु गरेको सिभिल जहिले पनि धर्मराएको अवस्थामै देखिइरह्यो । सुरुमा १ सय ४७ जना संस्थापक मिलेर १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी राखेर खुलेको सिभिल नियामकीय दबाबलाई झेल्दै अघि त बढिरहेको छ तर, कतिखेर धर्मराउँछ लगानीकर्ताको मनमा चिन्ता र चासो छ ।
वित्तीय क्षेत्रमा राम्रो दख्खल भएको मानिएका र प्रतिस्पर्धीभन्दा अग्रसर छन् भनिएका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोर महर्जनले सिभिललाई सबैभन्दा तल्लो तहमै राखेर गए । उनीपछि २०७४ साउनदेखि सीईओ जिम्मेवारीमा आएका गोविन्द गुरुङले पनि बैंकलाई आशातित रुपमा अघि बढाउन असफल भएको आभाष दिइरहेका छन् ।
पछिल्लो साढे ३ वर्षमा गुरुङले बैंकलाई व्यावसायिक हिसावले अघि बढाउन खोजेको भनिरहे पनि अहिलेसम्म बैंकले गति लिन सकेको छैन । बैंकको स्किम, प्रडक्ट ल्याउने र बैंकलाई अटोमेसनमा लैजानका लागि सूचना प्रविधि र पूर्वाधारमा गुरुङले कुनै कदम नै चालेनन् ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा मात्रै छ । अन्य सबै बैंकहरूको प्रतिसेयर आम्दानी दोहोरो अंकमा चढ्दा सिभिलको भने ५ रुपैयाँमै सीमित भएको छ । त्यसैगरी सम्पत्तिमा प्रतिफल पनि सबैभन्दा कम सिभिलकै छ । यद्यपि प्रतिसेयर किताबी मूल्य सबैभन्दा कम हुनेमा भने दोस्रो स्थानमा छ र सिभिलको किताबी मूल्य (प्रतिसेयर नेटवर्थ) १ सय २९ रुपैयाँ छ । बैंकको खराव कर्जा भने तुलनात्मक रुपमा कम छ । गत पुसमा खराव कर्जा अनुपात १.७ प्रतिशत रहेको सिभिल यसको बैंकको सूचीमा भने १२ औं स्थानमा छ ।

घरजग्गा व्यवसायमा सक्रिय इच्छाराज तामाङले सुरुदेखि नै बैंकको नेतृत्व लिइरहेका छन् । नेपालको रियल इस्टेट क्षेत्रमा पहिचान बनाएका र हाउजिङलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न सक्षम मानिएका तामाङले सिभिल बैंकलाई भने सहज तरिकाले चल्न नदिएको आरोप पनि खेप्ने गरेका छन् । तामाङ नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्षसमेत भएर काम गरेका थिए ।
सुरुवातदेखि नै बैंकको अध्यक्ष रहेका तामाङले २०७४ साल वैशाख १५ गतेदेखि २०७४ साल पुस २ गतेसम्म भने बैंकको नेतृत्व छोडेका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि नेकपा एमालेको तर्फबाट सभासदसमेत भएका तामाङले राजनीतिक पहुँचलाई कायम राख्दै बैंकलाई सहज तरिकाले अघि बढ्न रोकेकै कारण सिभिलले आशातित गति लिन नसकेको बताउनेहरूको पनि कमी छैन । जतिबेला बैंकको सञ्चालक समितिको अध्यक्ष तामाङले छाडे त्यतिबेला उनले भनेको मान्ने अम्बिर बोगटी अध्यक्ष भएका थिए र बोगटी अद्यपि सञ्चालक छन् ।
सिभिलले शाखा विस्तारलाई अघि बढाइरहेको पनि छ । हालसम्म १ सय १५ शाखा र ६ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिइरहेको सिभिलमा करिब १ हजार व्यक्तिहरूले रोजगार छन् ।