काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेनपावर कम्पनीहरुले वार्षिक एक सय जना कामदार पठाउनु पर्ने प्रावधान हटाउन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका प्रतिनिधिले आग्रह गरेका छन् ।
व्यवसायीहरुले वार्षिक एकसय कामदार वैदेशिक रोजगारमा पठाउनु पर्ने बाध्यकारी ऐनको व्यवस्थाले व्यवसायिहरुको इजाजतपत्र नवीकरणमा समस्या परिरहेको जानकारी गराउँदै सो व्यवस्था हटाउन माग गरेका हुन् ।
कोभिडको कारण वैदेशिक रोजगार बन्द सरह नै रहेको कारण गत वर्ष जस्तै यो वर्ष पनि सय संख्याको कारण अधिकांस वैदेशिक रोजगार व्यवसायिहरुको इजाजतपत्र नवीकरण गर्न समस्या पर्ने हुँदा तत्काल समस्या समाधानको निम्ति प्रधानमन्त्रीलाई अनुरोध गरिएको महासंघ प्रचार विभागका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।
संघका पुर्व अध्यक्ष एवंम महासंघका संयोजक तथा सांसद एलपी सावाँ लिम्बुको नेतृत्वमा व्यवसायीहरु प्रधानमन्त्री ओलीलाई भेटन शुक्रबार गएका थिए ।
थप
expand_moreकम
expand_less