झगडालु क्याप्टेन श्रवणलाई निगमले सोध्यो स्पष्टीकरण, के होला कारबाही ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत १६, साेमबार,०३:१३:PM  
झगडालु क्याप्टेन श्रवणलाई निगमले सोध्यो स्पष्टीकरण, के होला कारबाही ?

काठमाडौं । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का क्याप्टेन श्रवण रिजाललाई स्पष्टीकरण सोधिएको छ । चैत ४ गते काठमाडौं दुबई उडानका क्रममा क्याप्टेन रिजालले निगममा आएका नयाँ क्याप्टेन उत्सवजीजँग शाहीलाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै उनलाई स्पष्टीकरण सोधिएको हो ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले क्याप्टेन रिजालसँग अप्रेसन विभागले स्पष्टीकरण सोधेको जानकारी दिए । स्पष्टीकरण आए नआएको जानकारी आफूलाई नआएको बताउँदै घटनाको विषयमा गम्भीर भएर छानबिन गरी दोषी देखिएमा कारबाही गर्ने उनले बताए ।

नेपाल एयरलाइन्समा आएका शाहीले उडान अघि हुने ब्रिफिङको क्रममा क्याप्टेन रिजाललाई ‘हेल्लो श्रवण’ भनेको विषयमा भनाभन भएको थियोे । क्याप्टेन रिजालले आफू नेपाल एयरलाइन्सको सिनियर भए पनि शाहीको व्यवहार अपमानजनक भएको भन्दै गाली गरेका थिए ।

शाहीले भने आफूले कतार एयरवेजमा काम गर्दा बोलिने भाषा प्रयोग गरेको क्याप्टेन रिजालसँग बताएका थिए । केही समय भनाभन भएपछि क्याप्टेन रिजालले शाहीलाई आफ्नो उडानमा नलाने बताए र त्यसैअनुरुप शाही पनि सुपर न्यूमेरी उडानमा सहभागी भएनन् । 

क्याप्टेन रिजालसँग भनाभन भएपछि क्याप्टेन शाहीले भने निगमबाट राजीनामा दिइसकेका छन् । उनी कतार एयरवेजबाट यहाँ आएका थिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top