काठमाडौं । नयाँ वर्षको अफरमा मोबाइल ब्राण्ड ओपोले ‘ओपो–ए१२’ को मूल्य घटाएको छ। फोन ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा उपलब्ध छ।
साे फोनको मूल्य पहिले १६ हजार ५ सय ९० थियो। अहिले फोनको मूल्य समायोजन गर्दै कम्पनीले १४ हजार ९ सय ९० रूपैयाँमा उपलब्ध गराएको हो।
सो फोन दुई रंगमा पाइन्छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक सो फोनको चौडाइ ८.३ एमएम र तौल १ सय ६५ ग्राम छ। सो फोनको डिस्प्ले ६.२२ इञ्च छ। डिस्प्लेमा मल्टीटच, कर्भ्ड ग्लास स्क्रिन र कोर्निङ गोरिल्ला ग्लास थ्री जस्ता विशेषता छन्।
यसमा दुईवटा ब्याक क्यामरा छ। जसमा १३ एमपी क्षमताको मुख्य क्यामरा र २.० एमपी क्षमताको सहायक क्यामरा छ। यी क्यामरामा टच–टू– फोकस, फेज डिटेक्शन एएफ, अटोफोकस प्रविधि उपलब्ध छ। त्यसैगरी, सेल्फीका लागि फोनमा ५ एमपी क्षमताको फ्रण्ट क्यामरा छ ।
फोनमा रियर–माउन्टेड फिंगर प्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधा छन्। यो फोनामा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री दिइएको छ।
थप
expand_moreकम
expand_less