काठमाडौं । कृषिमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआइ) ल्याउने भन्ने विषयमा सांसदहरुले क्षेत्रगत प्राथमिकता स्पष्ट हुनुपर्ने बताएका छन ।
कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउने सरकारको निर्णयका सम्वन्धमा सांसदहरुले कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा बोल्ने सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने निर्णय गर्दा पहिले कुन कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्नुपर्ने बताएका थिए ।
कृषिमा विदेशी लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् । बैठकमा समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताएका थिए । सांसद अमृता देवी अग्रहरीले कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उनले बताइन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने बताए ।
थप
expand_moreकम
expand_less