फोटनले गर्यो एक करोडवटा गाडी उत्पादन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २२, आइतबार ,०६:३१:PM  
फोटनले गर्यो एक करोडवटा गाडी उत्पादन

काठमाडौं । कमर्शियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडीवटा उत्पादन गरेको जनाएको छ । चीनको सबैभन्दा ठूलो फोटन मोटरले स्थापना भएको २५ वर्षमा एक करोड गाडी उत्पादन गरेको हो । 

एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ । जसलाई ‘प्रविधिक सुन्दरता र गतिशिलताको समीश्रण’को रूपमा हेरिएको छ । 

फोटनले गएको मार्च महिना मात्रै १ लाख १ हजार १ सय ६६ वटा गाडी बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो । 
विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो ।

लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो । नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको बिक्रीवितरण गर्दै आएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top