पेट्रोल र डिजेलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २२, आइतबार ,०९:११:PM  
पेट्रोल र डिजेलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर  १०३ रुपैयाँ पुगेको छ । 

नयाँ मूल्यसूची आज मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको उपाध्यायले स्पष्टपारे । मूल्य समायोजन नगर्दा निगमलाई मासिक १ अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ । 

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब  ८८ करोड बराबरको नोक्सान हुने देखिन्छ ।

एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा ६० करोड १३ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ ।

मूल्य बढाउँदासमेत भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top