हेटौंडा डिलरको सम्मेलनमा सीजीले गर्याे अ‍ारजीबी प्यानललाइट सार्वजनिक 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २३, साेमबार,१२:००:PM  
 हेटौंडा डिलरको सम्मेलनमा सीजीले गर्याे अ‍ारजीबी प्यानललाइट सार्वजनिक 

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले चार दशकदेखि राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डका घरायसी सामग्री बिक्री वितरण गर्दै आएको छ । 

सीजीले  यी आयामलाई निरन्तरता दिँदै ईओएल प्रालिद्वारा वितरित सीजी इलेक्ट्रोनिकका सामानहरू (एलईडी बल्ब,  सकेट, पनेल लाइट, एम सीबी, स्विच, सकेट, एम सीबी, पनेल लाइट, सबमिटर, मोडुलर र सेमीमोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्री वितरण गर्दै आएको जनाएको छ । 

साे कम्पनीले यस विधामा सीजीका आरजीबी प्यानललाइट पनि थपेको जनाएको छ । यसका लागि हेटौंडा डिलरको सम्मेलन आयोजना सम्पन्न गरेको छ । मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको जनाइएको छ ।

सीजीका आरजीबी प्यानललाइट लामोसमय टिक्ने, उत्कृष्ट रंग रेन्डरिंग, ऊर्जाको बचत,  २४ महिनाको वारेन्टी साथै सीजीको क्वालिटीको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top