पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध त्रिचन्द्र कलेजमा नेविसंघका विद्यार्थीको प्रदर्शन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २३, साेमबार,०३:३५:PM  
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध त्रिचन्द्र कलेजमा नेविसंघका विद्यार्थीको प्रदर्शन

काठमाडौं । पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले प्रदर्शन गरेका छन् । त्रिचन्द्र क्याम्पसका नेविसंघका विद्यार्थीहरुले मूल्यवृद्धिविरुद्ध  प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो।

यता, अनेरास्ववियुका विद्यार्थीले नेपाल आयल निगमको कार्यालय परिशरमा प्रदर्शन गरेका छन् । बबरमहलस्थित आयल निगमको कार्यालय बाहिर विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै दबाब दिएक थिए।

नेविसंघका विद्यार्थीले त्रिचन्द्र कलेज अगाडि गरेको प्रदर्शनमा प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इँटा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो।

निमगले आइतवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो  खासगरी, निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको  थियो। 

मूल्यवृद्धि भएपछि पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top