जनगणनामा खटिने कर्मचारीको खाता प्रभु बैंकमा, २५ हजार नयाँ खाता थपिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २३, साेमबार,०५:२७:PM  
जनगणनामा खटिने कर्मचारीको खाता प्रभु बैंकमा, २५  हजार नयाँ खाता थपिने

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणनामा खटिने गणक, सुपरिवेक्षक र कर्मचारीका लागि प्रभु बैंकमा खाता खोल्ने भएको छ । 

विभाग र प्रभु बैंकबीच जनगणनामा खटिने गणक, सुपरिवेक्षक र कर्मचारीहरूका लागि प्रभु बैंकमा खाता खोल्ने सम्झौता भएको हो । कर्मचारी र गणकहरूको तलब, पारिश्रमिक र भत्ता तथा बैंकिङ सुविधाका लागि बैंकमा खाता खोल्ने विषयमा सम्झौता भएको बैंकले जनाएको छ ।  

सरकारले वि. सं.२०७८ जेठदेखि असारसम्ममा जनगणना गर्न लागेको छ । यसका लागि सरकारले गणनामा खटाउनका लागि करारमा गणक र सुपरिवेक्षक राख्न लागेको हो । विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा राख्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाइसकेको छ । 

विभागसँगको सम्झौतापछि बैंकमा एकैपटक २५ हजार बढी नयाँ खाता खोलिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । 

सरकारले गर्न लागेको जनगणना १२ औं जनगणना हो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top