सुनको मूल्य ३ सयले बढ्यो, प्रतिताेला ८७ हजार ५ सयमा कारोबार, चाँदीमा स्थिर 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,११:४७:AM  
सुनको मूल्य ३ सयले बढ्यो,  प्रतिताेला ८७ हजार ५ सयमा कारोबार, चाँदीमा स्थिर 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुन ८७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै तेजावी सुनको मूल्य ८७ हजार ५० रुपैयाँ कायम रहेको छ । सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।

मंगलबार पनि चाँदीको मूल्य १ हजार २ सय ३५ रुपैयाँ कायम रहेको छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top