ई–सेवाबाट एयरलाइन्स टिकट काटे शतप्रतिशत क्यासब्याक पाइने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,०५:३०:PM  
ई–सेवाबाट एयरलाइन्स टिकट काटे शतप्रतिशत क्यासब्याक पाइने 

काठमाडौं । ई–सेवामार्फत हवाईजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । 

आन्तरिक एयरलाइन्सका यात्रुले उक्त सुविधा पाउने ई–सेवाले जनाएको छ । उक्त योजनाअन्तर्गत हरेक दिन ३ जनाले ३ हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउछन् । सोभन्दा माथिको टिकटमा भने, ३ हजार रुपैयाँ छुट हुनेछ । 

यस्तै ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत पोखरा जाने यात्रुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुराँ तथा शाहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् । 

यात्रुहरूले ई–सेवामार्फत टिकट काटेपछि ‘जाउँ है पोखरा’ विवरणमा क्लिक गरेर छुट सुविधा प्रप्त गर्नेछन् ।
होटल तथा शाहसिक खेलमा छुट प्राप्त गर्नका लागि ई–सेवाबाट प्रि बुकिङ गर्नुपर्ने अथवा हवाइ टिकट देखाउनुपर्नेछ ।  

अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र ई–सेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तर्गत पोखरामा पर्यटक भित्र्याउनको लागि विभिन्न प्रबद्र्धनात्मक कार्यहरू भइरहेका छन् । सो छुट योजना चैत ३१ गतेसम्म सञ्चालन हुनेछ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top