डेभलपमेन्ट  बैंकर्स एसोसिएसनको अध्यक्षमा मुक्तिनाथका सीईओ प्रध्युमन पोखरेल चयन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २४, मङ्गलबार,०७:५९:PM  
डेभलपमेन्ट  बैंकर्स एसोसिएसनको अध्यक्षमा मुक्तिनाथका सीईओ प्रध्युमन पोखरेल चयन 

काठमाडौं। डेभलपमेन्ट  बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल सर्वसम्मत निर्वाचिन भएका छन्।

मंगलबार चितवनमा सम्पन्न एसोसिएसनको पन्ध्रौं वार्षिक साधारणसभाले पदाधिकारीहरु चयन गरेको हो । उपाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा बिकास बैंकका सीईओ प्रविण बस्नेत चयन भएको एसोसियसनले जनाएको छ ।

लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट,  सप्तकोशी डेभलपमेन्ट बैंकका नविन सुवेदी र ग्रीन डेभलपमेन्ट बैंकका उमेशकुमार आचार्य कार्यसमिति सदस्यमा चयन भएका छन । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top