अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,०३:५५:PM  
अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्ने 

काठमाडौं । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक सेयर  निष्कासन  (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँअंकित मूल्यमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

 कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले इस्युआर रेटिङ ‘इक्रा एनपी–आईआर डबल बी प्लस’ रेटिङ दिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top