रेष्टुराँसहित रात्रिकालीन व्यवसाय ९ बजेपछि कडाइका साथ बन्द गर्न सरकारको अनुरोध

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २५, बुधबार,०६:४७:PM  
रेष्टुराँसहित रात्रिकालीन व्यवसाय ९ बजेपछि कडाइका साथ बन्द गर्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायत भेरियन्टको संक्रमण बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएको छ  । मन्त्रालयले बुधबार जारी गरेको सूचनामा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन भएको भन्दै कडाइ गर्न लागिएको जनाएको छ । 

देशका मुख्य सहरमा संक्रमणको संख्या तीव्रगतिमा बढेकाले विद्यालय जाने उमेर समूहका बालबालिकालाई विशेष ख्याल गर्न मन्त्रालयले आग्रह गरेको छ ।  यस्तै धेरै भीडभाड हुने क्षेत्र, सार्वजनिक यातायातलगायतमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा लागू गर्नुपर्नेछ ।  

विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्न स्थानीय तहलाई निर्देशन दिएको छ । साथै कन्ट्याक ट्रेसिङ तथा पीसीआर परीक्षण बढाउने, घर बाहिर र सार्वजनिक स्थानमा अनिवार्य मास्कको प्रयोग गराउन सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । 

रेष्टुराँसहित रात्रिकालीन व्यवसाय ९ बजेपछि अनिवार्य बन्द गर्ने मन्त्रालयले भनेको छ । संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय र साना सहरमा १ सयभन्दा बढी संक्रमित भएमा ती स्थानको आवागमनलाई कडाइ गरिनेलगायत मापदण्ड मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

No description available.

No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top