बुधबार, असार २ २०७८ ०७:११ PM

×

दुई युवाको बिजनेस आइडियाबाट खुल्यो १२ थरी मःम 

images

काठमाडौं । पछिल्लो समय विभिन्न बिजनेस आइडियाका साथ नयाँ–नयाँ व्यवसायहरू सञ्चालनमा आउने क्रमले तीव्रता पाएको छ । प्रतिस्पर्धी बजारलाई आफ्नो पकटमा पार्नकै खातिर नयाँ आइडियाका साथ सञ्चालनमा आएका बिजनेसहरू एक हिसावले सफलसमेत भएको पाइन्छ । 

त्यही ट्रेन्डलाई फलो गर्दै काठमाडौंका डिल्लीबजारमा सुरु भएको १२ थरी मःम पाइने रेष्टुराँ । अधिकांशको रोजाइमा मःम पर्ने भएकाले त्यसभित्र पनि केही नयाँ स्वाद दिउँ भन्ने सोचका साथ १२ थरी मःमको रेष्टुराँ सञ्चालनमा ल्याउने सञ्चालकहरू हुन सुनिम मैनाली र आग्रह अर्याल ।

रेष्टुराँमा कोदो, फापर, ग्रीन, चिजलगायत विभिन्न थरीका मःम पाइनेछ। अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ। हामीले यी दुई प्रकारका मःमलाई अझै प्राथमिकतामा राखेका छौं, उनले भने, ओपनिङमा हामीले सबै प्रकारका मःम १ सय ५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलिपछि हामीले मेनु सार्वजनिक गर्छौं ।

अर्यालको घर पोखरा हो भने, मैनालीको काठमाडौं । तर, धुलिखेलमा कक्षा ६ मा पढ्दादेखि भेट भएका उनीहरू व्यावसायिक रूपमासमेत सहकार्य गरिरहेका छन् । उमेर दुवैको २५ वर्ष । जिम्मेवारी २५ वर्ष उमेरको मात्रै छैन । कारण हो, उनीहरू आफैं व्यवसायी हुन् ।

उनीहरूको सहकार्य १२÷१३ वर्षदेखि निरन्तर रहेको छ । आग्रह र सुनिम प्रायः होटल तथा रेष्टुराँमा गएर खाजा खाँदा एउटा परिकार कहिले छुट्दैन थियो । त्यो परिकार हो मःम तर, सधैं एउटै स्वादको । 

जिज्ञासु स्वभावका उनीहरू होटलमा गएर आफूले खाने मात्रै होइन अरुले कुन खानेकुरा बढी खान्छन् त्यो पनि याद गरी रहन्थ्ये । त्यसै क्रममा उनीहरूलाई थाहा भयो नेपालीहरूले सबैभन्दा बढी मःम खाने रहेछन् । त्यसपछि उनीहरूलाई लाग्यो एउटै मात्र स्वादको मःम कति खानु ? 

नेपालका स्थानीय उत्पादनको प्रोत्साहन र स्वास्थ्यका लागि पनि फाइदा हुन्छ भनेर नयाँ स्वादमा मःम बनाउने योजना बनाए । अर्याल होटल म्यानेजमेन्ट र मैनाली बीबीएका विद्यार्थी हुन् ।

नेपालमा नै १२ थरी मःम पाइने रेष्टुराँ सञ्चालनमा आएको पहिलो पटक हो । मैनाली भन्छन्, ‘हामीले अरु ठाउँमा देखेर यो रेष्टुराँ सञ्चालन गरेका होइनौं र अहिलेसम्म मलाई थाहा भएसम्म १२ थरी मःम बनाउने हामी नै पहिलो हौं ।’ 

उनीहरूले घरमै कोदो, फापरको मःम बनाएर खाए आफूलाई मिठो लाग्यो । त्यसपछि व्यवसाय सञ्चालन गर्दा राम्रो हुन्छ भन्ने महसुस गरे उनीहरूले । मैनाली हाँस्दै भन्छन्, ‘हामी पहिला आफू खान्छौं अनि राम्रो लाग्यो भने रेष्टुराँमा राख्छौं, अब माछाको पनि मःम बनाउने सोच्दैछौं ।’ 
अर्यालले पोखरामा ‘होटल क्राउन हिमालयन’ सञ्चालन गरिरहेका छन् भने, मैनालीले दुई महिना पहिले ‘लक्ष्मी ग्रुपको जागिर छोडेर व्यवसाय सञ्चालन गरेका हुन् । 

कोरोनाको समयमा जागिर छोडेर रेष्टुराँ सञ्चालन गर्न घरपरिवारबाट सहयोग रहेको मैनालीले बताए । उनलाई पनि सधैं अर्काकोमा काम गरेर बस्नुभन्दा आफैंले व्यवसाय गर्नु उचित लाग्यो । 

उक्त रेष्टुराँ सञ्चलन गर्न ऋण लिएका छैनन् उनीहरूले । आफूले कमाएको पैसा बचत गरेर व्यवसाय सुरु गरेका हुन् । उनीहरूले अहिले फुडमाण्डूबाट अर्डरको डेलिभरि गरिरहेका छन् । विस्तारै अन्य माध्यमसँग सहकार्य गरेर डेलिभरिलाई बढाउने योजना छ । क्यापिटल नेपालसँग कुरा गर्दै सुनिमले भने, ‘पहिलाको जस्तो लकडाउन हुन्छ जस्तो त लाग्दैन यदि भइहाल्यो भने पनि अनलाइनमार्फत होम डेलिभरि गर्छौं ।’ 
करिब ३५ लाखको लगानीमा उक्त रेष्टुराँ सञ्चालन गरेको उनीहरू बताउँछन् । 

नेपालमा नै १२ थरी मःम पाइने रेष्टुराँ सञ्चालनमा आएको पहिलो पटक हो । मैनाली भन्छन्, ‘हामीले अरु ठाउँमा देखेर यो रेष्टुराँ सञ्चालन गरेका होइनौं र अहिलेसम्म मलाई थाहा भएसम्म १२ थरी मःम बनाउने हामी नै पहिलो हौं ।’ 

१२ थरी रेष्टुराँमा ६ जनाले रोजगारी पाएका छन् । सो रेष्टुराँ काठमाडौं उपत्यकामा मात्र नभई आवश्यकताअनुसार, देशका विभिन्न ठाउँमा विस्तार हुने छ । रेष्टुराँको नाम नै १२ थरी भएको कारण १२ ठाउँमा भने छिट्टै शाखा सञ्चालन गर्ने उनीहरूले बताए । १२ वटा मात्रै शाखा विस्तार गर्दा पनि करिब ७० जनालाई रोजगारी दिन सकिने उनीहरू बताउँछन् । 

सानै उमेरमै व्यवसाय गरेका उनीहरूलाई स्वदेशमै बसेर देशका लागि केही गर्नुपर्छ, आफूले मात्रै होइन अरुलाई पनि रोजगारी दिलाउन सक्दा राम्रो भन्ने उनीहरूलाई लाग्ने गथ्र्यो । अहिले त्यो सफलता प्राप्त हुँदा खुसी लागेको उनीहरू बताउँछन् । 

नेपालमा नै १२ थरी मःम पाइने रेष्टुराँ सञ्चालनमा आएको पहिलो पटक हो । मैनाली भन्छन्, ‘हामीले अरु ठाउँमा देखेर यो रेष्टुराँ सञ्चालन गरेका होइनौं र अहिलेसम्म मलाई थाहा भएसम्म १२ थरी मःम बनाउने हामी नै पहिलो हौं ।’ 

मैनाली भन्छन्, ‘हाम्रो उमेरका अन्य युवाहरू बुबा–आमाको कमाइमा रमाउने वा जागिर भएन भन्दै बिदेसिनु हुन्छ तर, मलाई भने आफूले नै आम्दानीको स्रोत सिर्जना गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले अरु युवाले पनि स्वरोजगार बन्ने अझ उत्पादनमूलक क्षेत्रमा काम गर्न मेरो सुझाव छ ।’ 
अर्काको व्यवसायमा काम गर्दा र आफैं व्यवसायी भएपछिको अनुभव पनि फरक हुने उनीहरूले महसुस गरेका छन् ।

रेष्टुराँमा कोदो, फापर, ग्रीन, चिजलगायत विभिन्न थरीका मःम पाइनेछ। अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ। हामीले यी दुई प्रकारका मःमलाई अझै प्राथमिकतामा राखेका छौं, उनले भने, ओपनिङमा हामीले सबै प्रकारका मःम १ सय ५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलिपछि हामीले मेनु सार्वजनिक गर्छौं ।

त्यही ट्रेन्डलाई फलो गर्दै काठमाडौंका डिल्लीबजारमा सुरु भएको १२ थरी मःम पाइने रेष्टुराँ । अधिकांशको रोजाइमा मःम पर्ने भएकाले त्यसभित्र पनि केही नयाँ स्वाद दिउँ भन्ने सोचका साथ १२ थरी मःमको रेष्टुराँ सञ्चालनमा ल्याउने सञ्चालकहरू हुन सुनिम मैनाली र आग्रह अर्याल ।

प्रत्येक परिकारमा तीन थरीको अचार चटनी राखिएको उनले जानकारी दिए। ग्राहकले झोल मःममा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्। रेष्टुराँमा मःमसँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको उनले जानकारी दिए। पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ। 
 

सोमबार १३ बैशाख २०७८ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया