मङ्गलबार, जेठ ४ २०७८ ०९:३१ AM

×

विदेश जान यी अस्पतालबाट पीसीआर टेष्ट गरे मात्र मान्यता हुने

images

काठमाडौं । विदेश जाने यात्रुहरुका लागि पीसीआर टेष्टका लागि सरकारले अस्पतालहरु तोकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको सुचना अनुसार कोभिड परीक्षण गर्ने सबै सरकारी अस्पताल तथा प्रयोगशालहरु,स्टार हस्पिटल,सोनपा हाइटस,नेपाल मेडिसिटी हस्पिटल,मनमहोन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल,युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ हस्पिटल भैरहवा र ह्याम्स हस्पिटललाई तोकेको छ ।

योसँगै माथि उल्लेखित ल्याबबाट आएका रिर्पोट लाईमात्र मान्यता दिईने साथै निजी प्रयोगशाला हरुले रिर्पोटमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड देखिने तथा आइएमयु अनलाइन प्रणालीबाट अद्यावधिक हुने व्यवस्था लागू गर्नु हुन भन्ने निर्णय समेत १४ गतेदेखिनै कार्यान्वयन हुने विमानस्थलको हेल्थ डेस्कका सयोजक चन्द्र बहादुर सुनारले जानकारी दिए । 


 

सोमबार १३ बैशाख २०७८ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया