मङ्गलबार, जेठ ४ २०७८ ०९:५२ AM

×

२२ हजार विदेशी पर्यटक अप्रिल महिनामा नेपाल भित्रिए

images

काठमाडौं ।  नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक गत अप्रिल महिनामा भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांकअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १ सय ४४ देशबाट २२ हजार ४ सय ५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, ४ हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।

विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, १ हजार ३ सय ६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८ सय ३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६ सय ६५ पुरुष र १ सय ३८ महिला छन् ।

गत जनवरीमा ८  हजार ८ सय ७४ र  फेबु्रअरीमा ९ हजार १ सय ४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी गत मार्चमा १४ हजार ९ सय ७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी एक महिनामा १७ हजार ५ सय ७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । सोमा १३ हजार ८ सय ४ पुरुष, ३ हजार ७ सय ४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् । 

एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४ सय ४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७ सय ९९ पुरुष, ९ हजार ६ सय ४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७ सय ७५ नेपाली बिदेसिएका छन् ।

सोमबार २० बैशाख २०७८ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया