मङ्गलबार, जेठ ४ २०७८ १०:२३ AM

×

साना लगानीकर्ताले नाफा बुक गर्न खोज्दा दाेहाेराे अंकले घट्यो बजार, कारोबार ७ अर्बमाथि

images

काठमाडौं । आइतबार ५४ अंकले बढेको बजार सोमबार दोहोरो अंकले घटेको छ । खासगरी साना लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजार दोहोरो अंकले घटेको हो । 

सोमबार ५४ अंकले बजार बढ्दा सोमबार लगानीकर्ताले नाफा बुक गर्न खोजेको देखिन्छ । त्यसैका कारण बजार दोहोरो अंकले झरेको हो भने कारोबार रकम ७ अर्ब रुपैयाँ भन्दा माथि भएको छ । 

सोमबार १२ अंकले बजार घटेर २६५२.७५ बिन्दूमा आइपुगेको छ भने ७ अर्ब ५२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ ।  

अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गर्ने बेलामा सेयर बजार ओरालो लागेको थियो । त्यो बेला साना लगानीकर्ताले नाफा बुक गर्न सकेका थिएनन । तर, विस्तारै उकालो लागेको बजारमा उनीहरु नाफा बुक गरेर बसेको देखिन्छ । 

त्यसबाहेक बजार घट्नुपर्ने अन्य कुनै कारण छैन् । तेस्रो त्रैमासको रिपोर्ट पनि सन्तोषजनक नै आएको थियो । बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर पनि बढाएका छैनन् । बैंकमा लगानीयोग्य रकम पनि पर्याप्त हुँदै हुँदै बजार घट्नुपर्ने कारण छैन । 
बजारमा नाफा बुक गर्न पर्खिएर बसेका हुन्छ । सोमबार त्यसैको असर परेको लगानीकर्ताहरुको बुझाइ छ । 
 

सोमबार २० बैशाख २०७८ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया