मङ्गलबार, जेठ ४ २०७८ ०९:३३ AM

×

ललितपुरका सीडीओ निरौला कोरोना संक्रमित

images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे तीनै जिप्रकाको आजको छलफलमा उनले सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई सहभागी गराउने भन्दै आफूमा संक्रमण भएको जानकारी दिएका हुन् ।

सामान्य खोकी लागेर पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको र आफू होम आइसोलेसनमा बसिरहेको उनले बताए ।

मङ्गलबार २१ बैशाख २०७८ ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया