पर्यटन


हिमालय एयरलाइन्सले विमान चलाउन सकेन, भाडामा लग्यो भियतनामको बेम्बोले

हिमालय एयरलाइन्सले विमान चलाउन सकेन, भाडामा लग्यो भियतनामको बेम्बोले

३ जेष्ठ २०७६, शुक्रबार १५:४३

काठमाडौं । अर्बौं रुपैयाँ नोक्सान भएपछि निजीक्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले जहाज भाडामा दिएको छ । हिमालयनको एउटा जहाज १ वर्षका लागि भियतनामको बेम्बो एयरवेजले (आज) शुक्रबार लैजाने भएको छ । भियतनामको बेम्बो एयरवेजलाई पठाउने तयारी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । झन्डै.....

हिमाल नियाल्न भकुण्डे जाऔं

हिमाल नियाल्न भकुण्डे जाऔं

३ जेष्ठ २०७६, शुक्रबार १५:१८

बाग्लुङ । आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको बाग्लुङ नगरपालिकि–१० स्थित भकुण्डेबाट सफा मौसम भएको बेला धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिम शृङखलामा पर्ने झण्डै २५ वटा हिमाल नाङ्गो आँखाले देख्न सकिन्छ । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दिन बिताउने यो रमणीयस्थल प्रचारप्रसारको.....

कैलाश हेलिकप्टर मार्फत कन्चनजंगा हिमालबाट २ विदेशीको उद्धार

कैलाश हेलिकप्टर मार्फत कन्चनजंगा हिमालबाट २ विदेशीको उद्धार

३ जेष्ठ २०७६, शुक्रबार ०८:१५

काठमाडौं । कन्चनजंगा हिमाल आरोहण गर्दै गरेका दुई विदेशी विरामी भएपछि कैलाश हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ । रमेश चन्द्र रोय र रुद्र प्रसाद हेल्डरलाई उद्धार गरि ल्याइएको कैलास हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पााण्डेले जानकारी दिए । हाल उनिहरुको हाल ग्राण्डि अस्पतालमा उपचार.....

नेपाली चेन ब्रान्ड ‘दी पिक हस्पिटालिटी’ले भारतमा होटल व्यवस्थापन गर्दै, २ महिनाभित्र जिम्मेवारी सम्हाल्ने

नेपाली चेन ब्रान्ड ‘दी पिक हस्पिटालिटी’ले भारतमा होटल व्यवस्थापन गर्दै, २ महिनाभित्र जिम्मेवारी सम्हाल्ने

२ जेष्ठ २०७६, बिहीबार १९:००

काठमाडौं । नेपाली युवाहरुको एक समूहले स्थापना गरेको ‘दी पिक हस्पिटालिटी’ले नेपालबाहिर पहिलो पटक होटलको व्यवस्थापनको जिम्मेवारी लिने भएको छ । विदेशी कम्पनीहरुले नेपालमा आएर होटल व्यवस्थापनको जिम्मेवारी लिइरहेको बेला नेपालीले भारतको बनारसमा रहेको एक होटलको व्यवस्थापनको जिम्मेवारी लिन लागेका हुन्.....

पर्यटन प्रवर्द्धन अभियान सुरु

पर्यटन प्रवर्द्धन अभियान सुरु

२ जेष्ठ २०७६, बिहीबार १८:०१

काठमाडाैं । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा एक्स्पेरयन्सी नेपाल’ अभियान सुरु भएको छ । अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतिक सौन्दर्यता, मौलिकति र विवधितिका बारे.....

२०१९ को पहिलो चौमासिकमा पर्यटक आगमनमा दिगो वृद्धि

२०१९ को पहिलो चौमासिकमा पर्यटक आगमनमा दिगो वृद्धि

२ जेष्ठ २०७६, बिहीबार १७:४३

काठमाडौं । २०१९ को पहिलो चौमासिकमा चार लाख ४५ हजार एक सय नौ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०१८ को यही अवधिको तुलनामा यो १५.३ प्रतिशतको वृद्धि हो । अध्यागमन विभागका अनुसार २०१९ को पहिलो चौमासिकमा तीन लाख ६२ हजार आठ सय ४० जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल छिरेका छन् भने ८२ हजार दुई सय ६९ जना.....

आफ्नै रेकर्ड तोड्न शनिबार २४औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पा

आफ्नै रेकर्ड तोड्न शनिबार २४औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पा

२ जेष्ठ २०७६, बिहीबार १५:५०

काठमाडौं । २३औं पटक सगरमाथाको आरोहण गरी विश्व रेकर्ड तोडेका कामिरिता शेर्पाले पुनः आफ्नै रेकर्ड तोड्न २४औं पटक आरोहण गर्ने भएका छन् । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले आगामी शनिबार कामिरिताले सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । गत मङ्गलबार शेर्पाले २३औं पटक सगरमाथाको शिखरमा टेक्दै सबैभन्दा.....

बेइजिङमा नेपाली मण्डपको आकर्षण : एक लाख अवलाेकनकर्ता

बेइजिङमा नेपाली मण्डपको आकर्षण : एक लाख अवलाेकनकर्ता

२ जेष्ठ २०७६, बिहीबार १५:४५

काठमाडौँ । चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए । चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी.....

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

२ जेष्ठ २०७६, बिहीबार १५:२५

गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास.....

पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

२ जेष्ठ २०७६, बिहीबार १४:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको पशुपति तीलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टले पाएको छ । होटलले वार्षिक भाडा एक करोड पाँच लाख ४१ हजार छ सय १८ रुपैंयामा दश वर्षसम्मका लागि पाएको.....