सेयर


रसुवागढी र साञ्जेनको साधारण सेयरः ३ करोड १७ लाखको आवेदन

रसुवागढी र साञ्जेनको साधारण सेयरः ३ करोड १७ लाखको आवेदन

१५ बैशाख २०७६, आईतवार ०९:३१

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् । चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको शेयरमा तीन करोड बढीको आवेदन परेको हो । चिलिमे जलविद्युत् कम्पनीका प्रमुख.....

सेयर बजारमा सुधार, छिमेकी लघुवित्तको सबैभन्दा बढी कारोबार

सेयर बजारमा सुधार, छिमेकी लघुवित्तको सबैभन्दा बढी कारोबार

१० बैशाख २०७६, मंगलवार १५:२३

काठमाडौं । मङ्गलबार सेयर बजार ३.७४ अङ्क बढेको छ । सोमबार ७ अङ्क घटेको सेयर बजार मङ्गलबार बढेर नेप्से परिसूचक १ हजार २६० अङ्कमा पुगेको छ । सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । मङ्गलबार ६० करोड ६४ लाख २३ हजार रुपैयाँबराबरका १७ लाख ७५ हजार ९८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले.....

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई दियो १५ प्रतिशत लाभांश

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई दियो १५ प्रतिशत लाभांश

१० बैशाख २०७६, मंगलवार १४:५९

काडमाडौं । शिवम् सिमेन्टसले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ९ सय ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ वितरण गर्ने बताएको छ । पब्लिक कम्पनीमा परिणत भइसकेपछि भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीलाई समेत दिने गरी नगद लाभांश बाँड्ने निर्णय गरेको हो । सिमेन्ट उत्पादक.....

सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, १०३ करोडको कारोबार

सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, १०३ करोडको कारोबार

९ बैशाख २०७६, सोमबार १५:१५

काठमाडौं । लगातार बढिरहेको सेयर बजार सोमबार रोकिएको छ । आइतबार ३२ अङ्कले बढेको बजार सोमबार ७.२६ अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब ३ करोड ७६ लाख रुपैयाँबराबरका ३२ लाख २२ हजार २५६ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब २ करोड ४ लाख रुपैयाँ सेयर कारोबार भएको थियो । सोमबार.....

सेयर बजारमा उछाल, १०२ करोडको कारोबार

सेयर बजारमा उछाल, १०२ करोडको कारोबार

८ बैशाख २०७६, आईतवार १५:१६

काठमाडौं । लगानीकर्तामा विश्वास बढेपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । नयाँ वर्षको सुरुको दिनदेखि सकारात्मक सङ्केत देखिएको बजारमा आइतबार ३२ अङ्क बढेर नेप्से परिसूचक १ हजार २६४ अङ्कमा पुगेको छ । नयाँ वर्ष सुरु भएपछि बजार बढ्दै गएको छ । कम्पनीहरुको वित्तीय प्रतिवेदन आउने क्रम सुरुआत,.....

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा सभामुख र ऊर्जामन्त्रीको आवेदन

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा सभामुख र ऊर्जामन्त्रीको आवेदन

६ बैशाख २०७६, शुक्रबार १२:०२

काठमाडौं । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले सुरु गरेको जनताको जलविद्युत् कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन् । सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोलेर जनताको जलविद्युत्.....

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

६ बैशाख २०७६, शुक्रबार ११:४७

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ। बैशाख १५ गते एक दिन कम्पनीको सेयरधनी किताव बन्द गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।.....

३ लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

३ लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

६ बैशाख २०७६, शुक्रबार ११:२३

काठमाडौं । विभिन्न ३ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले गरी ७ करोड ४६ लाख ७७ हजार ८०० कित्ता बराबरको ७ लाख ४६ हजार ७७८ कित्ता आईपीओ निष्कासन.....

रसुवागढी र सान्जेन जलविद्युतको १५७ करोडको आईपीओ खुल्यो, ५ हजार कित्तासम्म आवेदन दिन पाइने

रसुवागढी र सान्जेन जलविद्युतको १५७ करोडको आईपीओ खुल्यो, ५ हजार कित्तासम्म आवेदन दिन पाइने

५ बैशाख २०७६, बिहीबार १५:४१

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शुक्रबारदेखि निष्कासन  भएको छ । दुवै कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँबराबरका १ करोड ५७ लाख ३८ हजार १५० कित्ता आईपीओ निष्कासन गर्ने लागेका हुन । रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ.....

सेयर बजार १५ अङ्कले बढ्यो, कुमारी बैङ्कको ८ करोड ५८ लाखको कारोबार

सेयर बजार १५ अङ्कले बढ्यो, कुमारी बैङ्कको ८ करोड ५८ लाखको कारोबार

५ बैशाख २०७६, बिहीबार १५:२०

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार १५ अङ्कले बढेर नेप्से परिसूचक १ हजार २३२ अङ्कमा पुगेको छ । सोमबारदेखि लगातार बढेको सेयर बजार बिहीबारसम्म कायम छ । बिहीबार ७४ करोड रुपैयाँबराबरको २४ लाख ३३ हजार २७५ कित्ता सेयर किनबेच भएको छ । कुमारी बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कुमारीको प्रतिकित्ता.....