उजुरी परेका ट्राभल एजेन्सीलाई जोगाउन टानको विज्ञप्ति

नेपाल आउने विदेशी पर्यटक पदयात्राका क्रममा बिरामी भएको अवस्थामा उद्धार गरी चर्को रकम असुल गरी ठगी गर्ने ट्राभल/ट्रेकिङ एजेन्सीविरुद्ध उजुरी परेको समाचार क्यापिटल नेपाल अनलाइनमा प्रकाशित भएपछि टानले विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो ।

उजुरी परेका ट्राभल एजेन्सीलाई जोगाउन नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विज्ञप्ति जारी गरेको छ । नेपाल आउने विदेशी पर्यटक पदयात्राका क्रममा बिरामी भएको अवस्थामा उद्धार गरी चर्को रकम असुल गरी ठगी गर्ने ट्राभल/ट्रेकिङ एजेन्सीविरुद्ध उजुरी परेको समाचार क्यापिटल नेपाल अनलाइनमा प्रकाशित भएपछि टानले विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो ।

टानले सरकारले गठन गरेको छानबिन कार्यदलको स्वागत गर्दै आवश्यक सहयोगको लागि तयार रहेको जनाएको छ । कार्यदलले सत्यतथ्य छानबिन गर्नुअघि नै केही स्थापित ट्रेकिङ कम्पनीहरु र संस्थाहरुको नाम जोडेर प्रकाशित समचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
मन्त्रालयले मङ्गलबार केही ट्राभलरट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी तथा स्वास्थ्य मन्त्रालयमार्फत केही अस्पताललाई पत्र पठाउँदै विदेशी पर्यटकको उद्धार गरेको स्थान, मिति, समय, बिरामीको नाम, ठेगाना, हेलिकप्टरको भाडा, बिरामी लगिएको अस्पतालको नाम र ठेगानाको सम्पूर्ण जानकारी मागेको थियो । नागरिक उडड्यन प्राधिकरणमार्फत हेलिकप्टर कम्पनीलाई पनि पत्र पठाउँदै २०१५ जनवरी १ देखि २०१८ मे ३० सम्मको उद्धार उडानको विवरण पनि मागेको हो ।

मन्त्रालयमा एक वर्षअघि नै विभिन्न कम्पनीका नाममा उजुरी गए पनि छानबिन भएको थिएन । रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि गत साता पर्यटकलाई बिरामी बनाउने र फेक उद्धार गर्ने ट्राभल कम्पनी, अस्पताल तथा हेलिकप्टर कम्पनीलाई कारबाही गर्ने बताउँदै त्यसका लागि मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।

मन्त्रालयमा पर्यटकलाई बिरामी बनाएर तथा फेक उद्धार गर्ने गरेको भन्दै दर्जनभन्दा बढी कम्पनीमाथि उजुरी परेको छ । हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, युनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपाल भिजन ट्रेकिङ, हिमालय सिनरी, सेभेन समिट, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु, हिमालयन रेक्स्यु, ग्रेट हिमालय, इजीहेली चार्टर सर्भिसलगायतका कम्पनीमाथि मन्त्रालयमा उजुरी परेको हो । मन्त्रालयले उजुरीमा आएका नामका आधारमा छानबिन थालेको हो ।

त्यस्तै मन्त्रालयमा एयर डाइनेस्टी, मनाङ एयर, सिम्रिक एयर, माउन्टेन हेलिकप्टर्स, हेली एभरेस्लगायत हेलिकप्टर कम्पनीले उद्धार गर्दा कमिसनका आधारमा उद्धार गर्ने गरेको उजुरी परेको छ ।