आयोजना प्रभावितलाई तामाकोशीको सेयर, दोलखाबाहिरबाट पनि भर्न पाइने

यसअघि सेयर आवेदनका लागि दोलखामा नै जानुपर्ने व्यवस्था गरिएकोमा स्थानीयवासीको विरोधपछि दोलखा जिल्लाभन्दा बाहिरबाट पनि सेयर भर्न पाउने व्यवस्था गरिएको हो । अब स्थानीयवासी सेयर भर्नकै लागि जिल्ला जानुपर्ने छैन ।

दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको प्रथामिक निष्कासन (आईपीओ)मा जिल्ला बाहिरबाट पनि आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले जिल्लाबाहिरबाट पनि आयोजना प्रभावितहरुले सेयरमा आवेदन दिन पाउने व्यवस्था मिलाएको हो ।

यसअघि सेयर आवेदनका लागि दोलखामा नै जानुपर्ने व्यवस्था गरिएकोमा स्थानीयवासीको विरोधपछि दोलखा जिल्लाभन्दा बाहिरबाट पनि सेयर भर्न पाउने व्यवस्था गरिएको हो । अब स्थानीयवासी सेयर भर्नकै लागि जिल्ला जानुपर्ने छैन ।

त्यसैगरी बोर्डले आयोजना प्रभावित क्षेत्रका वासिन्दा विदेश भएमासमेत सेयर भर्न पाउनेगरी व्यवस्था मिलाएको छ । विदेशमा हुनेहरुका सक्कली विद्युतीय हस्ताक्षरका आधारमा सेयर भर्न पाउने व्यवस्था गरिएको हो । तर, बोर्डले सेयर निष्कासनको मिति भने सारेको छैन । कम्पनीले सेयर भर्ने समय यही साउन १६ देखि भदौ १४ गतेसम्म तोकेको छ ।