नागरिक लगानी कोषको पाँच लाख बचतसम्म कर नलाग्ने

सोमबार कोषका सूचना अधिकृत उद्धव सिलवालले स्वीकृत अवकाश कोषमा ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा कुनै पनि प्रकारको कर नलाग्ने बताए ।

नागरिक लगानी कोषले आफूकहाँ बचत गरेको पाँच लाख रुपैयाँसम्म फिर्ता भुक्तानी लिँदा कुनै पनि कर नलाग्ने उल्लेख गरेको छ । सोमबार कोषका सूचना अधिकृत उद्धव सिलवालले स्वीकृत अवकाश कोषमा ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा कुनै पनि प्रकारको कर नलाग्ने बताए ।

कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा फिर्ता भुक्तानी गर्दा लाग्ने कर सम्बन्धमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा द्विविधाका समाचारहरु आइरहेको भन्दै बचतकर्ताहरुलाई त्यस्तो प्रकारको कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

तर, कोषले ५ लाखभन्दा माथि १० लाख रुपैयाँसम्म ५ प्रतिशत र १० लाखभन्दा माथि भने जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा सो रकमको ५० प्रतिशत घटाई हुन आउने बाँकी रकममा ५ प्रतिशत कर कट्टी गरी भुक्तानी दिइने सिलवालको भनाइ छ ।