भोलिदेखि रामेछाप – ओखलढुङ्गा – दोलखामा पनि मयूर यातायात

मयूूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले काठमाडौं बाहिर सेवा विस्तारका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । त्यस्तै टिकट पनि भोलिदेखि खुल्ने बताइएको छ ।

काठमाडाैं : भोलिदेखि रामेछाप – ओखलढुङ्गा – दोलखामा पनि मयूर यातायात सञ्चालन हुने भएको छ । राजधानीमा मात्र सेवा दिँदै आएको मयूरले अब दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, दाङलगायतका स्थानमा सेवा विस्तार गर्ने भएको हो । ओखलढुङ्गामा भने केही दिनअघि नै सञ्चालनमा आइसकेको थियो ।

मयूूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले काठमाडौं बाहिर सेवा विस्तारका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । त्यस्तै टिकट पनि भोलिदेखि खुल्ने बताइएको छ ।

श्रेष्ठका अनुसार मन्थली, सालु देउराली, साँघुटार, हुलाकचौर, रानीवन, घोराखोरी, मिश्रभञ्ज्याङ्, फेदीगुठ , फलाटे बजारसम्म बस सञ्चालन हुने छन् । ठूला ३२ सय सीसीका बस ग्रामीण भेगमासमेत पुर्याउने कम्पनीको योजना छ ।

उपत्यका बाहिर चल्ने तीन हजार सीसीभन्दा बढी क्षमताका बस ५५ लाखभन्दा बढी रुपैयाँ मूल्य परेको उनको भनाइ छ । ग्रामीण भेगका लागि टिकट बुकिङ्समेत भोलिदेखि खुला हुने छ ।