सीजीलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको आदेश

अहिले नेपाल टेलिकम, एन्सेल, र स्मार्ट टेलिकमले मात्र मोबाइल सेवा दिइरहेकोमा मंगलबार सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजीलाई मोबाईल सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्रधिकरणलाई सर्वेच्च अदालतले मोबाइल सेवा सञ्चालन गर्न सिजी कम्यूनिकेशनलाई अनुमति दिन आदेश दिएको छ । अहिले नेपाल टेलिकम, एन्सेल, र स्मार्ट टेलिकमले मात्र मोबाइल सेवा दिइरहेकोमा मंगलबार सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजीलाई मोबाईल सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सर्वोच्च आदलतले दिएको निर्देशनमा भनिएको छ– ‘आधारभूत सेवा सञ्चालन गर्ने अनुमति प्रप्त गरेको देखिँदा अनुमति पत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै पनि कार्य नरोक्नु, तथा निजलाई कुनै बाधा अवरोध नगर्नु । त्यस्तै अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने खरिद, जडान तथा सो सम्बन्धमा आवश्यक पर्ने थप लगानीका लागी आवश्यकताअनुसार अनुमति दिनु भनिएको छ ।

आधारभूत टेलिफोन सेवाको अनुमति पत्र सञ्चालनमा ल्याउन आवश्यक सेवाप्रदायक सरह समान हक स्थापित गर्न समेत आवश्यक फ्रेक्वेन्सी सीजीलाई वितरण गर्न कानुनबमोजिम जो जे कर्तव्य पूरा गर्नुपर्नै हो गराउन आदेश दिइएको छ । र फ्रेक्वेन्सी प्रयोग गर्न कुनै अवरोध नजनाउनु भनी आदेश दिइएको छ ।