टेक्नोलोजीमा अब्बल रेडमी नोट ६ प्रो, चार ओटा क्यामेरा

शारदा समूहले नेपालका आठ स्थानमा साओमी रेडमी नोट ६ प्रो लन्च गरेकोे छ । यसले साओमी रेड मी नोट ६ प्रो क्यामेरालाई बढी प्राथमिकता दिएको कम्पनीका बिजनेस डेभलपर प्रतीक लालवानीले बताए । यो फोनको अघिपछि दुवैतिर क्यामेरा छन् । यसको ब्याट्री पनि मजबुत छ । त्यसैले यस्ता टेक्नोलोजीले यसलाई अब्बल बनाएको उनले जानकारी दिए ।

नेपाली मोबाइल बजारमा महिनैपिच्छे एक न एक नयाँ प्रविधियुक्त स्मार्टफोन भित्रिन्छन् । बजारमा कसरी उपभोक्ताको मन जित्न सकिन्छ भन्ने प्रतिस्पर्धा पनि नजानिँदो रुपमा देखिएको छ । यसैअन्तर्गत हालै भारतलगायत अन्य मुलुकमा समेत लोकप्रिय रेडमी नोट सिक्स प्रो नेपाली बजारमा लन्च भयो ।

शारदा समूहले नेपालका आठ स्थानमा साओमी रेडमी नोट ६ प्रो लन्च गरेकोे छ । यसले साओमी रेड मी नोट ६ प्रो क्यामेरालाई बढी प्राथमिकता दिएको कम्पनीका बिजनेस डेभलपर प्रतीक लालवानीले बताए । यो फोनको अघिपछि दुवैतिर क्यामेरा छन् । यसको ब्याट्री पनि मजबुत छ । त्यसैले यस्ता टेक्नोलोजीले यसलाई अब्बल बनाएको उनले जानकारी दिए ।

साओमीले पहिलो पटक नेपाली बजारमा क्वाड क्यामेरासहितको रेडमी नोट सिक्स प्रो बजारमा ल्याएको छ । नोट फाइभ एआईलाई अपग्रेड गरेर रेडमी नोट सिक्स–प्रो नेपाली बजारमा ल्याइएको लालवानीले बताए । नोट सिक्स प्रोमा १९ः९ ननटच डिस्प्ले छ । यसले एचडी भिडियोलाई फरक किसिमले प्रस्तुत गर्छ । डुुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेराले यसलाई झनै आकर्षक बनाएको छ ।
रेडमी नोटले नेपाली उपभोक्ताको मन जित्ने लालवानीको दाबी छ । ‘विगतमा सार्वजनिक स्मार्टफोनको सफलतापछि हामीले यसलाई बजारमा उतारेका हौं,’ उनले भने । शक्तिशाली डुअल क्यामेरासहितको फोनले रेडमी नोट फाइभ एआईले उपभोक्ताको विश्वास जितेको लालवानीको भनाइ छ । उच्च प्रविधिसहित परिमार्जित गरेर सिक्स–प्रो ल्याइएको उनले बताए ।

सिक्स प्रोलाई खासगरी क्वाल्कम स्न्यापड्रागनबाट डिजाइन गरिएको छ । यसले फोनको बनावट नै फरक र आकर्षक देखाउँछ । सिक्स प्रोमा ६ सय ३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअपसहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच ब्याट्री प्रयोग गरिएको छ । साथै उच्च गतिमा चल्ने एलपीडीडी आरफोरएक्स ६ जीबी ¥याम प्रयोग गरिएको छ । फोनमा १०८० पिक्सेलसम्मको भिडियो पनि हेर्न सकिनेछ ।

स्मार्टफोन ह्याङ हुने समस्या पनि नरहेको लालवानीले जानकारी दिए । फ्रन्टमा २० मोगापिक्सेल र दुई मोगापिक्सेलको एआई क्यामेरा पनि छ । त्यस्तै रियरमा १२ मेगापिक्सेल र पाँच मेगापिक्सेल एआई डुअल क्यामेरा छ । यसले फोटो खिच्दा कुनै पनि समस्या आउँदैन । कम प्रकाश भएको ठाउँमा पनि सजिलै सफा फोटो लिन यसले सघाउँछ ।

तस्बिरमा डाइनामिक बोक्हे इफेक्टसहित लाइट टे«ल र स्टुडियो लाइटिङ जस्तै इफेक्ट पनि हाल्न सकिने कम्पनीले जानकारी दिएको छ । रेडमी नोट सिक्स प्रोमा १९ः९ एस्पेक्ट रेसियो र ननटच ६।२६ इन्च एफएचडी प्लस आईपीएस डिस्प्ले छ । रेडमी नोट सिक्स प्रोमा ३ जीबी प्लस ३२ जीबी र ४ जीबी प्लस ६४ जीबी स्पेसिफिकेसन छ । यसको २४ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको छ ।

बजारमा यसअघि सार्वजनिक रेडमी सिक्स ए, रेडमी एस २, नोट फाइभ एल पनि लोकप्रिय छन् । एमआईका एटू लाइट र एमआई एटूले पनि स्मार्टफोन बजारमा उपभोक्ताको मन जितिसकेका छन् । रेडमी सिक्स प्रोले अब हुवावे वाई नाइन, सामसुङ वाई सिक्स प्लस, ओप्पो ए सेभन जस्ता नयाँ स्मार्टफोनसँग प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी छ । नेपाली बजारमा कालो, नीलो, रातो, पहेंलो र रातो रङमा यो स्मार्टफोन उपलब्ध छ ।