चन्द्र ढकालले बनाएको विद्यालय भवन राष्ट्रपतिद्वारा उद्घाटन, विगत सम्झेर भावुक भए ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल, उनका भाइ हेमराज तथा उनका परिवाले पढेको बागलुङस्थित अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालय राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरेकी छन् । ढकालले पाँच करोड २८ लाख रुपैयाँ लगानी गरेर बनाएको विद्यालयको नयाँ भवन राष्ट्रपति भन्डारीले उद्घाटन गरेकी हुन् । ढकालले आफ्ना बुबा स्वर्गीय हिरण्यप्रसाद ढकालको नाममा उक्त भवन बनाएका हुन् । स्कुलमा...

काठमाडौं । चन्द्रप्रसाद ढकाल, उनका भाइ हेमराज तथा उनका परिवाले पढेको बागलुङस्थित अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालय राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरेकी छन् ।

ढकालले पाँच करोड २८ लाख रुपैयाँ लगानी गरेर बनाएको विद्यालयको नयाँ भवन राष्ट्रपति भन्डारीले उद्घाटन गरेकी हुन् । ढकालले आफ्ना बुबा स्वर्गीय हिरण्यप्रसाद ढकालको नाममा उक्त भवन बनाएका हुन् । स्कुलमा १४ कोठे सुविधा सम्पन्न भवन बनाइएको छ। आफ्ना स्वर्गीय पिता हिरण्य ढकालको स्मृतिमा भवन निर्माणमा सहयोग गरेपछि विद्यालयको नाम परिवर्तन गरेर पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको हाे।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारदेखि स्थानीय तहसम्मले शिक्षा र पौष्टिक आहारमा लगानी बढाएमा देश विकासमा सहयोग पुग्ने बताइन्। । गाउँमा बस्ने र गाउँमै रमाउने बनाउन जमिन र माटोको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिइन्। ।

राष्ट्रपति भण्डारीले शान्त र स्वच्छ वातावरणमा पढ्न पाउने अवसर सृजना गर्न समाजका अगुवालाई आग्रह गरिन् । हरेक विद्यालयमा गुणस्तर विकास गरेर नैतिकवान र स्वाभिमानी नागरिक उत्पादन गर्ने बेला हो’, भण्डारीले भनिन् ।

उनले करोडौं लगानी गरेर विद्यालय भवन बनाउने ढकाल परिवारको प्रशंसा समेत गरिन् ।

विद्यालय उद्घाटन समारोहमा मन्तव्य राख्दै गर्दा ढकालले आफूले पढेको अवस्थाबारे सम्झँदै पटक–पटक भावुक बने । त्यसैगरी आफ्ना बुबाको योगदानलाई पनि स्मरण गराए ।

‘विगतमा म स्कुल पढ्ने बेला मसँग झोला पनि थिएन, चप्पल लगाएर पढ्न आउनुपर्ने बाध्यता थियो, यहि स्कुलमा पढेर समाजका लागि केहि गर्न सकियो यसमा म खुशी छु,’ उनले भने ।

साे अवसरमा राष्ट्रपति भन्डारीले ढकालका बुबा हिरण्यप्रसादको सालिकसमेत अनावरण गरिन् ।

स्व. हिरण्यकी धर्मपत्नी जानुका ढकालले आफ्नो पतिको सम्झनामा लेखेको कवितात्मक भावना अर्का छोरा हेमराज ढकालले पढेर सुनाएका थिए । मार्मिक कवितामा पढ्दा ढकालको पनि गला अवरुद्ध भएको थियो ।

ढकाल परिवारले जिल्लाको विकासमा पनि योगदान पु-याउँदै आएका छन्। ढकालले बागलुङ बलेवा नारायणस्थानको कृष्ण गण्डकी क्याम्पसलाई १५ लाख रुपैयाँ सहयोग गरेका थिए। भूकम्पले भत्किएको जिल्लाकै विद्यामन्दिर उच्च माविको भवन निर्माणमा १२ लाख ५० हजार ,शान्ति उच्च मावि जैमिनी नगरपालिका—१ कुस्मीसेरामा ५ लाख सहयोग गरेका थिए। शैक्षिक क्षेत्रसंगै बानपा—१३ पैयुँपाटामा स्वास्थ्यचौकी निर्माणका लागि १० लाख र बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा भौतिक संरचना निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्।