हानको इतिहासमा पहिलो महिला अध्यक्ष बनिन सिर्जना राणा

काठमाडौं । होटल एसोसिएन अफ नेपाल(हान)को इतिहासमा पहिलो पटक महिला अध्यक्षको रुपमा सिर्जना राणा बन्न सफल भएकी छिन् । संघको ४६ औं बार्षिक साधारण सभाबाट उनि सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । उनि होटल डेल अन्नपूर्णका प्रवन्ध निर्देशक हुन् ।

यस्तै हानको प्रथम उपाध्यक्ष एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल सांग्रिलाका प्रविन बहादुर पाण्डे, महासचिवमाप्रिन्स होटलका साजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशाल कुमार छन् ।

सदस्यहरुमा अमर होटलका अमरमान शाक्य, सोल्टी होटलका दिनेश बहादुर श्रेष्ठ, ओरिएन्टल होटल लिमिटेड र्रयाडिसन होटलकी विधाता श्रेष्ठ, होटल हिमालयका दिनेश तुलाधर, होटल शंकरका विनोद शंकर श्रेष्ठ, वाराही रिसोर्टका विप्लव पौडेल, ड्रिमल्यान्ड गोल्ड रिसोर्टका गोपाल राना ,शाम्बाला होटलका टेस्टेन सातुल्सांग, होटल कमल प्रालिका रामकुमार पुरी, होटल क्राउन प्लाजाका युवराज श्रेष्ठ, होटल गणेश हिमालका ठाकुर प्रसाद पोखरेल, होटल याम्बुका राजेन्द्र भट्ट, होटल रेनफरेस्टका ज्ञानेन्द्र कुमार विष्ट, होटल स्वागतमका राजन श्रेष्ठ, क्लब हिमालयका राहुल शाक्य, मनांग होटलका हेमबहादुर गुरुंग, सिद्धार्थ होटलका सीपी श्रेष्ठ, स्नेहा होटलका असित शमशेर जबरा, मेघौली सेराई सीजी सफारी एण्ड टुर्सका राहुल चौधरी र आरएचएएन पोखराका भरतराज पराजुली सदस्य रहेका छन।

साधारण सभाको कार्यवाहक प्रधानमन्त्री एवंम रक्षामन्त्री इश्वर पोखरेलले उद्धघाटन गरेका थिए ।