एक इटाली पर्यटकको मृत्यु

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङमा ६८ वर्षीय मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पोखरा । मुस्ताङमा आज बिहान एक इटाली पर्यटकको मृत्यु भएको छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङमा ६८ वर्षीय मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार बिरामी भएको खबर प्राप्त भएपछि उद्धारका लागि आज बिहान ७ः४५ मिनेटमा सो स्थानमा समिट एयरको हेलिकप्टर पुगेको थियो । तर, उनको बिहानै मृत्यु भइसकेको थियो । उनको शव सोही हेलिकप्टरबाट जोमसोम विमानस्थलमा ल्याइएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस