गौतमबुद्ध विमानस्थलमा पर्यटन मन्त्रालयको लापरवाही, अर्थले ७० करोड दिएपछि काम सुचारु

मन्त्रालयले विल भुक्तानी ढिला गरेको पहिलो पटक हैन । क्यानका उच्च अधिकारीका अनुसार मन्त्रालयले यसअघि पनि धेरैपटक विल भुक्तानीमा ढिलाई गर्ने गरेको थियो ।।

काठमाडौं । अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ दिएपछि भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुचारु भएको छ ।द्रुत गतिमा अघि बढेको विमानस्थलको काम संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लापरवाहीका कारण आइताबार रोकिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले करिब तीन साताअघि नै रकम भुक्तानीका लागि मन्त्रालयलाई पत्रचार गरेपनि पर्यटनले वेवास्ता गरेकै कारण निर्माण कम्पनी नर्थवेस्टले आइतबारबाट काम रोकेको थियो ।

पर्यटन मन्त्रालयले विल भुक्तानीमा वेवस्ता गर्दै आएको ठेकेदारको आरोप छ ।मन्त्रालयले विल भुक्तानी ढिला गरेको पहिलो पटक हैन । यसअघि पनि धेरैपटक विल भुक्तानीमा ढिलाई गर्ने गरेका क्यानका उच्च अधिकारीहरु बताउँछन् ।

विभिन्न बाहानमा विल भुक्तानी ढिलाई गर्दा आयोजनालाई ठूलो नोक्सानी पर्ने गरेको भएपनि भित्रभित्रै निर्माण कम्पनीलाई मिलाउने गरेको ती अधिकारीको भनाइ छ । तर यो पटक ठूलो रकम भुक्तानीममा ढिलाई भएपछि क्यानलेसमेत निर्माण कम्पनीलाई कुनै जवाफ दिन नसकेको बताउछन् ।

तत्कालिन मन्त्री रविन्द्र अधिकारको पालामा आयोजनाको विल भुक्तानी तत्कालै हुने गरेको थियो । तर उनको निधन भएपछि मन्त्रालयका कर्मचारीहरुले पुरानै शैली देखाउन लागेको ती अधिकारीको भनाइ छ ।

आइतबारबाट बन्द भएको विमानस्थलको विषयमा मिडियामा समाचार प्रकाशन भएलगत्तै मन्त्रालयले हताहतार अर्थसँग समन्वय गरेको थियो । एसियाली विकास बैंङ्क (एडीबी)ले यो बर्षको लागि विनियोजन गरेको रकम १९ औं विलमा सकिएको पर्यटन मन्त्रालयलाईसमेत थाहाँ भएको तर, अहिले रकम नभएको भन्दै आनाकानी गर्दै आएको मन्त्रालयले चौतर्फि दवाव आएपछि एकै दिनमा अर्थमा गएर निकासा गरेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव नीता पोखरेलले भने क्यानले विल पठाएलगत्तै अर्थ मन्त्रालयमा रकम निकासाको लागि पठाएको बताइन । उनले यो बर्षको विनियोजित बजेट सकिएको र थप बजेट स्रोतान्तर गर्न ढिलाई भएको कारण समस्या उत्पन्न भएको जानकारी दिइन् ।अर्थले निकासा गरेको रकम पर्यटन मन्त्रालयले सोमबार एडीबीलाई जानकारी गराइ विल भुक्तानी दिने भएको छ ।

यो पनि पढ्नुहोस् । 

गौतम बुद्ध विमानस्थल आयोजनाका लागि ७० करोड निकासा

पैसा नपाएपछि गौतमबुद्ध विमानस्थलको ठेकेदार नर्थवेस्टले रोक्यो काम