आउँदो साता हुवावे वाई नाईन नेपाली बजारमा

गत महिना नोभा टु–आईको सफलतासँगै अब वाई–नाइन पनि बजारमा ल्याउन लागिएको हो । हुवावे वाई–नाइनको सुरु मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

विश्व प्रसिद्ध स्मार्टफोनहरुमा हुवावे एक लोकप्रिय नाम हो । हालसम्म नोभा टु–आई, मेट टेन–प्रो र पी टेन–प्लसलगाएत निकै लोकप्रिय मोडल नेपाली बजारमा उपलब्ध भइसकेका छन् । यसैक्रममा हुवावेको नयाँ मोडल वाई–नाइन नेपाली बजारमा आगामि हप्ता सार्वजनिक हुने भएको छ ।

गत महिना नोभा टु–आईको सफलतासँगै अब वाई–नाइन पनि बजारमा ल्याउन लागिएको हो । हुवावे वाई–नाइनको सुरु मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले हुवावेको वाई–नाइन स्मार्टफोन प्रिबुकिङ् सेवामार्फत खरिद गरेमा हुवावेको फिटनेस एवान मोडल सित्तै पाइने अफर समेत सञ्चालनमा ल्याइएको छ ।

हुवावे वाई–नाईनको स्पेसिफिकेसन र विशेषता
हुवावे एस नाईनले छोटो समयमै विश्व बजारमा प्रभुत्व जमाइसकेको हुँदा यसमा भएका उत्कृष्ट फिचरहरुले गर्दा नेपालमा पनि त्यसको प्रभावस्वरुप यसले छिटै बजार लिने विश्वास छ । हुवावे वाई–नाइनमा ५.९३ इन्चको फुल एचडी र एलसीडी आईपीएसको डिस्प्लेका साथ २१६०ह१०८० पिक्सल रेजोलुसन र १८.९ आस्पेक्ट रेसियो दिइएको छ ।

फोनमा ३ जीबी र्याम, ३२ जीबीको फुल स्टोरेज छ । यसमा चार ओटा क्यामेरा छन् । फोनको पछाडिपट्टि १६ मेगापिक्सलको प्राइमरी र दुई एमपीको सेकेन्डरी क्यामेरा दिइएको छ । त्यस्तै आगाडितर्फ १३ एमपीको सेल्फी सुटर र २ मेगापिक्सलको सेकेन्डरी क्यामेरा राखिएको छ ।

क्यामेराकै कारण पपुलर हुने स्मार्टफोनमध्ये हुवावे वाई–नाइन पनि एक हुनसक्ने कम्पनीको भनाइ छ ।