×

लोकबहादुर चापागाईं

images

लोकबहादुर चापागाईं

images

श्रीलंकाको बाटो फगत नकारात्मक प्रचार

शुक्रबार​ २७ साउन २०७९ १०:५० AM

विश्व अर्थतन्त्रमा जस्तै नेपाली अर्थतन्त्रलाई पनि कोभिडपछि अकासिएको इन्धनको मूल्य र आपूर्ति शृंखलामा देखिएको अवरोधले थिलथिलो बनाएको छ । कोभिड–१९ पछि सुस्ताएको पर्यटन क्षेत्र र वैदेशिक रोजगारीमा वृद्धि देखिएका कारण त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिनेछ ।

images

मौद्रिक नीतिपछिको अर्थतन्त्र

आइतबार​ २२ साउन २०७९ ०६:५५ AM

अन्य विषयलाई यथावत् राख्ने हो भने नेपालको अर्थतन्त्रको मूल समस्या विदेशी मुद्रा सञ्चितिमा परेको दबाब हो । अर्थतन्त्रका अरु अवयव विदेशी मुद्रा सञ्चितिको दबाबबाट सिर्जित समस्याहरु हुन् । विदेशी मुद्रा सञ्चितिमा दबाब अत्यधिक आयातका कारण आएको हो । अत्यधिक आयातले विदेशी मुुद्राको प्रयोग बढ्न जाँदा नेपाली मुद्रा पनि केन्द्रीय बैंकमा जम्मा भएका कारण वित्तीय बजारमा तरलता (लगानीयोग्य रकम) अभावको स्थिति सिर्जना भएको हो ।

images

इमान बन्धकी राखेर बजेट

बुधबार २२ असार २०७९ ०५:२६ PM

  यो चालूू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित विषय हो । यस्तै प्रकृतिको विषय आगामी आर्थिक वर्षको बजेटमा पनि उल्लेख छ । तर, छोटकरीमा र थप विषय समावेश गरेर । चालूू वर्षको व्यवस्था कति प्रभावकारी भयो, त्यसको अध्ययन हुँदै होला । तर, आगामी बजेटमा गरिएको व्यवस्थाको संकेत अन्त कतै हो कि भन्ने देखिन्छ । 

images

धनार्जनको रवाफले तोडिएको ओलीको मौनता र कांग्रेसी आक्रोशको परिणाम

बुधबार २२ असार २०७९ ११:०० AM

नजिकिँदो चुनावमा प्रतिपक्षलाई एकपछि अर्को चुनावी मसला दिन थालेपछि सचेत कांग्रेस आत्तिएका छन् । तर, देउवा र उनको कोटरीलाई भने अझै छोएको छैन । बरु देउवा आफ्नै सरकारमा त समस्या हुन्छ गठबन्धनमा यस्तो समस्या भइरहन्छ भनेर सम्बन्धित पक्षहरूलाई चुप लाग्न भनिरहेका छन् । 

images

बजेटका हावादारी कार्यक्रमको सारथि मौद्रिक नीति बन्नु हुँदैन

बिहीबार १६ असार २०७९ ०१:११ PM

जुनसुकै कार्यक्रमलाई मौद्रिक नीतिले समर्थन गर्नुपर्छ भन्ने छैन । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई यथार्थ धरातलमा उभिएर परिणाममुखी कार्यान्वयनमा मौद्रिक नीति केन्द्रित हुनुपर्छ । पुनर्कर्जा र कार्यशील पुँजी कर्जाको मात्रा घटाउँदै जानुपर्नेछ । उपभोग घटाउने र उत्पादनशील क्षेत्रतर्फ आकर्षित हुने खालको मौद्रिक नीतिको आवश्यकता छ ।

images

बजेट टिप्पणीः चालू खर्चको भारीले थिच्दा मूल्यवृद्धि लक्ष्यबाहिर, आर्थिक वृद्धि असम्भव

आइतबार​ १५ जेठ २०७९ १०:०५ PM

मुलुकको परिवेश, पुँजीगत खर्च कार्यकौशल र संरचनागत कमजोरीका कारण आगामी आर्थिक वर्षका लागि राखिएको आर्थिक वृद्धिको लक्ष्य प्रथम दृष्टिमै नपुग्ने देखिन्छ भने मूल्यवृद्धि पनि बजेटले तय गरेको लक्ष्यभन्दा माथि रहने सहजै अनुमान लगाउन सकिन्छ ।

images

आत्मनिर्भरताको रटान, परनिर्भरताको बजेट

शुक्रबार​ १३ जेठ २०७९ १२:४८ PM

अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाका वाणीहरूले आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा मतदातालाई प्रभावित बनाउन लोकप्रिय बजेटकै पक्षमा सरकार रहेको देखाउँछ । २०७४ को आमनिर्वाचनपछि ६५ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय कार्यान्वयन गर्न आगामी बजेटलाई प्रयोग गर्न प्रधानमन्त्री देउवा दृढ रहेको खबरहरू आइरहेका छ न् ।

images

लागू हुने दर्जन कार्यक्रम, अरु नियमित निरन्तरता

मङ्गलबार १० जेठ २०७९ ०९:५७ PM

अर्थमन्त्री जनार्दन शर्माले चालूू वर्ष पहिलो ३ महिना १० प्रतिशत र अन्य महिना कम्तीमा १० प्रतिशत विन्दुका दरले पुँजीगत खर्च गर्ने दिएको निर्देशन कार्यान्वयन भएन । जसको परिणाम चालूू वर्षको १० महिना सकिँदा पनि कुल पुँजीगत खर्च ३१ प्रतिशतमा सीमित भयो ।