
नेवार समुदायकै बढी सदस्य मिलेर सञ्चालनमा ल्याएको वैग थापाथलीको नर्भिक हस्पिटलनजिकै छ । सञ्चालकहरुले काठमाडौंमा नेवारी खाना तथा खाजाका परिकार खान कीर्तिपुर र भक्तपुरका निश्चित ठाउँमा पुग्नुपर्ने बाध्यतालाई हटाउन थापाथलीमा वैग रेष्टुराँ सञ्चालनमा ल्याएको बताउँछन् ।
यसअघि बजेटमार्फत सरकारले २५ वटा नयाँ सहर घोषणा गरेको थियो । ति सहरी योजना कार्यान्वयन नहुँदै सरकारले फेरी ४ वटा नयाँ सहर बजेटमा थपेको छ ।
सरकारले आगामी वर्षबाट थप ३ वटा नयाँ सुरुङमार्ग र २ वटा द्रुतमार्ग बनाउन अध्ययनको काम अगाडि बढाउने नयाँ योजना सार्वजनिक गरेको छ । त्यस्तै रेल, मेट्रोरेल र ट्रामलगायतका यातायात सञ्चालन गर्ने विषयमा पनि सरकारले अध्ययन अगाडि बढाउने महत्वकांक्षी र लोकप्रिय आयोजना बजेटमा समेटिएका छन् ।
किसानलाई आवश्यक पर्ने कृषि कर्जा किसानको घरदैलोमा सरल र सहज रूपमा उपलब्ध गराउन ५ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न एक लघु वित्त कोष स्थापना गरिनेछ। कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा विपन्न क्षेत्र तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा तर्फको रकम लगानी गर्नुपर्ने व्यवस्था बजेटमा गरिएको छ।
मरिण डाइभर्सनको शिलान्यास २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । शिलान्याससँगै सुरु भएको आयोजनाको निर्माणकार्य २०७९ वैशाख मसान्तसम्म ६.५ प्रतिशत भौतिक प्रगति भएको छ ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको उक्त सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
देशभरी ११ वटा सुरुङमार्ग सम्भाव्यता अध्ययनको चरणमा रहे पनि ३ वटाको मात्रै सम्भाव्यता अध्ययनको काम सम्पन्न हुने भएको हो । नेपालमा हाल २२ वटा सुरुङमार्ग विभिन्न चरणमा रहेका छन् । ती मार्ग अध्ययन तथा निर्माणाधीन अवस्थामा रहेका छन् ।
गत वर्ष मेलम्चीको पानी काठमाडौं आउँदा १ लाख ६० हजार धाराबाट मात्रै पानी वितरण भएको थियो । गत वर्ष ९ वटा पोखरीबाट पानी पठाएकोमा यस वर्ष थप १ पोखरीबाट पानी पठाएपछि १५ हजार बढी धारामा पानी पुग्ने भएको हो ।