×

नेपालमा क्रिप्टो कार्यान्वयनमा ल्याउने हो भने पहिला डिजिटल करेन्सी लागू गर्नुपर्छ

images

संसारको पहिलो डिजिटल मुद्रा (करेन्सी) भनेर चिनिएको र लोकप्रियताका हिसाबले सबैभन्दा उच्चतम स्थानमा रहेको बिटक्वाइनका लगानीकर्ताहरूले गत ६ महिनाको अवधिमा आफ्नो जम्मा लगानीको ५० प्रतिशतभन्दा बढी नोक्सानी व्यहाेरिसकेका छन् । गत २०२१ सेप्टेम्बर १५ तारिकका दिन बिटक्वाइन एक युनिटको मूल्य ६३ हजार ८३५.२० अमेरिकी डलर रहेकोमा २०२२ मे १५ तारिकमा आइपुग्दा सो मूल्य २९ हजार ९३४.८० अमेरिकी डलर कायम हुन पुग्दा प्रतियुनिट खुद घाटा ३३ हजार ९००.४० पुगेको छ । 

दोस्रो लोकप्रिय डिजिटल मुद्रा इथेरियम सोही अवधिमा ५४ प्रतिशतभन्दा बढीले ओरालो लागि ४ हजार ५७४ बाट २ हजार ४३ कायम हुन पुगेको छ ।

टेरा लुना भन्ने अर्को करेन्सी गत एक महिनामा ९७ डलर प्रतियुनिटबाट घटेर शून्यमा पुगेको छ अर्थात् टेरा लुनाको लगानीकर्ताहरूले आफ्नो सबै लगानी डुबाएका छन् । 

संसारमा अहिले १० हजार प्रकारका डिजिटल करेन्सीहरू छन्, जसमध्ये टप २० वटाले मात्र कुल क्रिप्टोकरेन्सी बजारको ९० प्रतिशत बजार हिस्सा ओगटेका छन् । क्रिप्टो माइनिङ गर्ने क्रममा जति कठिन र जटिल प्रोग्रामिङ गरिएको हुन्छ र जति सानो माइनिङ लिमिट राखिएको हुन्छ, त्यति नै यसप्रतिको विश्वास बढ्छ भनिन्छ । 

हाल प्रचलनमा रहेको यी १०औं हजार क्रिप्टोको विश्वसनीयता कसले कहाँ कसरी परीक्षण गरेको हुन्छ, बजार क्र्यास हुँदा कसले जवाफदेहिता लिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी हुँदैन । यस अर्थमा डिजिटल करेन्सी वा डिजिटल एसेट दुवै यदि सर्वमान्य जमानत प्राप्त छैन भने सधैं नै जोखिमपूर्ण हुन्छन् । 

श्रीलंकाको आर्थिक संकट अहिले विश्वव्यापी चर्चा र अध्ययनको विषय बनेको छ । क्रिप्टोको हकमा अन्य दक्षिण एसियाली मुलुकमा जस्तै प्रतिबन्धित भए पनि कारोबार भइरहेका थुप्रै दृष्टान्तहरू छन् । श्रीलंकामा कानुनी रूपमा क्रिप्टोको कारोबार हुँदैन र त्यहाँको सरकार वा केन्द्रीय बैंकले तत्काल यस सम्बन्धमा कुनै नीतिगत निर्णय लिन सक्ने पनि देखिँदैन् । 

सूचना र सञ्चार प्रविधिको विकाससँगै क्रिप्टो करेन्सीहरूले यसरी व्यापकता लिए कि यिनीहरूको पहुँच सम्पन्नदेखि अति विपन्न देशहरूमा आगोजसरी फैलिँदै गयो । सम्पत्ति खरिद गरे जसरी यस्ता काल्पनिक (भर्चुअल) करेन्सीहरूहरूको संग्रह गर्न थालियो, यिनको अल्पकालीन व्यापार गरेर सम्पत्ति आर्जन गरियो । र, सुरु भएको १२ वर्षको अवधिमा यसले कमाउनेभन्दा गुमाउनेको संख्या बढी बनाइसकेको छ । जुन देशमा वैदेशिक मुद्रा आम्दानीको स्रोत सुनिश्चित छैन, जुन–जुन देशहरूको वैदेशिक मुद्रा सञ्चितिको अवस्था संवेदनशील अवस्थामा छन् ती देशहरूमा क्रिप्टोको कारोबारले आर्थिक स्थिरतामा भन्दा पनि अस्थिरतामा नै भूमिका खेलिरहेको देखिन्छ । 

दक्षिण एसियाली अर्थतन्त्र र क्रिप्टो करेन्सी

दक्षिण एसियामा ८ वटा मुलुकको समग्र अर्थव्यवस्थाको कुरा गर्दा भारत, बंगलादेश, भुटान र मालदिभ्सको अर्थतन्त्र केही स्थिर मान्ने हो भने पनि श्रीलंका, नेपाल, पाकिस्तान र अफगानिस्तानको अवस्था अत्यन्तै संवेदनशील मानिन्छ । यीमध्ये पहिलो वर्गका ४ मुलुकको कुल गार्हस्थ्य उत्पादनमा निर्यातको हिस्सा सन्तोषजनक नै छ (भारत १८.३०∞, बंगलादेश १५.३२∞, भुटान २९.८∞ प्रतिशत) तर, नेपाल, श्रीलंका, अफगानिस्तान र पाकिस्तानको निर्यात व्यापार कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत पनि छैन । वस्तु तथा सेवा आयात गर्न आवश्यक वैदेशिक मुद्रा सञ्चितिको चाप व्यहाेरिरहनु पर्ने देशहरूमा क्रिप्टोकरेन्सीजस्ता काल्पनिक क्षेत्रहरूमा गरिने लगानीमा पैसा बाहिरिन थाल्दा त्यसले मुख्यतः दुईवटा चुनौतीहरू सिर्जना गर्छ ।

पहिलो वैदेशिक मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव र दोस्रो अनौपचारिक माध्यमबाट हुन सक्ने वैदेशिक मुद्राको बहिर्गमनका कारण सिर्जना हुने नियमन कठिनाइ र अपारदर्शिता । 

अहिले श्रीलंकाले भोगिरहेको मुख्य समस्या भनेको वैदेशिक मुद्राको चरम अभाव नै हो । आज त्यहाँ २ महिनाको पनि आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति छैन । कारण त्यही हो, निर्यातभन्दा आयात धेरै । 

श्रीलंकाको आर्थिक संकट अहिले विश्वव्यापी चर्चा र अध्ययनको विषय बनेको छ । धेरैले वैदेशिक ऋणलाई मुख्य कारक मानिरहे पनि कोभिडका कारण सिर्जित पर्यटन संकट र केही महत्वकांक्षी परियोजनाहरूलाई पनि कम आँकलन गर्न सकिँदैन । क्रिप्टोको हकमा अन्य दक्षिण एसियाली मुलुकमा जस्तै प्रतिबन्धित भए पनि कारोबार भइरहेका थुप्रै दृष्टान्तहरू छन् । श्रीलंकामा कानुनी रूपमा क्रिप्टोको कारोबार हुँदैन र त्यहाँको सरकार वा केन्द्रीय बैंकले तत्काल यस सम्बन्धमा कुनै नीतिगत निर्णय लिन सक्ने पनि देखिँदैन् । 

भारतमा भने क्रिप्टो करेन्सीका सम्बन्धमा विभिन्न रोचक कुराहरू चर्चामा आइरहेका हुन्छन् । गत अप्रिल ७ तारिकका दिन प्रख्यात अमेरिकन क्रिप्टो एक्स्चेन्ज क्वाइन बेसले भारतको प्रसिद्ध पेमेन्ट गेटवे यूपीआईबाट सबै प्रकारको क्रिप्टोको भुक्तानी गर्न सकिने भनेर सार्वजनिक कार्यक्रमबाटै घोषणा गर्यो, सोही दिन केही घन्टा पनि बित्न नपाउँदै भारतको भुक्तानी नियामक निकाय एनपीसीआईले यस्तो कुनै पनि कारोबार गर्न कुनै पनि सेवा प्रदायकलाई अनुमति नभएको स्पष्ट पार्ना साथ सारा व्यवस्था चौपट भयो । 

१६ मार्च २०२२ मा भारतीय रिजर्भ बैंकका डेपुटी गभर्नर टी रविसंकरले एउटा बृहत् एसेसमेन्ट रिपोर्ट निकालेर थप के प्रस्ट पारे भने क्रिप्टो करेन्सीहरू औपचारिक वित्तीय नियन्त्रण प्रणालीलाई चुनौती बन्न सक्छन् र वित्तीय अनुशासनका निम्ति खतरापूर्ण बन्न सक्छन् । तसर्थ हाललाई भारतसँग यस्ता प्रकारका करेन्सीहरू प्रतिबन्ध गर्नुनै सबैभन्दा उत्तम उपाय हुन सक्छ । त्यसपछि भारतीय केन्द्रीय बैंकले क्रिप्टो करेन्सीलाई वैद्यता प्रदान गर्न सक्छ भन्ने सारा अनुमानहरू फिक्का भइसकेका छन् । 

बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकले सन् २०१४ मा क्रिप्टो करेन्सीहरूको कारोबार अझैसम्म फुकुवा गरेको छैन । तर, विश्वभरिका जुनसुकै देशको क्रिप्टोबाट सटही गरी परिवत्र्य विदेशी मुद्रा ल्याउने सम्बन्धमा भने कुनै उल्लेख गरेको देखिँदैन । सम्भवतः यसै कुरालाई मध्यनजर गरी बंगलादेशमा पहिलो पटक मलेसियाको भाल्यु र बंगलादेशको बिक्यासका बीचमा मलेसियामा क्रिप्टो बेचेर बंगलादेशमा डलर वा टाका ल्याउने सम्बन्धमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले मध्यस्थता गरेको थियो । त्यसबाहेक क्रिप्टोको दुनियाँमा आज पनि बंगलादेशलाई हाइली रेगुलेटेड र होस्टाइल कन्ट्री भन्ने गरिन्छ । प्रभावकारी पूर्ण प्रतिबन्धका कारणले । 

माल्दिभ्सको केन्द्रीय बैंक माल्दिभ्स मनिटरी अथोरिटीले सन् २०१८ अक्टोबर ११ मा प्रकाशन गरेको कन्र्सन ओभर क्रिप्टो करेन्सी ट्रेडिड इन द माल्दिभ्समा कुनै परिवर्तन गरेको छैन । त्यहाँ क्रिप्टोलाई बैधानिक वा अबैधानिक गरिनुपर्छ भनेर कुनै खास बहस पनि भएको सुनिँदैन । 

पाकिस्तान क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउने अर्को दक्षिण एसियाली मुलुक हो, जहाँ निर्माण हुने हरेका कानुनलाई इस्लामिक कानुनको कसीमा समेत जोखेर हेरिन्छ । त्यसका अतिरिक्त स्टेट बैंक अफ पाकिस्तानका डेपुटी गभर्नर सीमा कामिलको संयोजकत्वमा गठित कार्यदलले दिएको रिपोर्टको आधारमा सन् २०१८ देखि लगाइएको प्रतिबन्ध अहिलेसम्म यथावत् छ । 

रेमिट्यान्स आप्रवाहको हकमा क्रस बोर्डर मनी ट्रान्सफरमार्फत भने बंगलादेशको जस्तो जुनसुकै क्रिप्टो साटेर विदेशी मुद्रा ल्याउन प्रतिबन्ध लगाइएको छैन । तर, पाकिस्तानभित्र वा बाहिर बस्ने करिब ६० लाख पाकिस्तानी नागरिक क्रिप्टोको कारोबारमा संलग्न भएको अनुमान गरिएको छ । बेला बेलामा त्यहाँ क्रिप्टो कारोबार खुला गरिनुपर्छ भन्ने आवाज पनि उठिरहेकाे छ । 

अफगानिस्तानमा गत वर्ष सत्ता परिवर्तन हुनुपूर्व क्रिप्टोको कारोबार प्रतिबन्धित नै थियो । सत्ता परिवर्तनपश्चात् लगाइएको अमेरिकी प्रतिबन्धबीच दुइटा आश्चर्यजनक समाचार प्रकाशित भए । पहिला  थियो बीबीसीको १६ मार्च २०२२ जसमा चेनालाइसीस भन्ने एक अनुसन्धान संस्थाले गत वर्षसम्म क्रिप्टोकरेन्सीको कारोबारमा कुनै गन्तीमै नआउने देश अफगानिस्तान यस वर्ष १ सय ४७ मध्ये २०औं स्थानमा पर्यो भनिएको छ । त्यस्तै २१ मार्च २०२२ को अल जजिराको समाचारमा अमेरिकी प्रतिबन्धका बीचमा अफगानी युवाहरूले होल्ड गरेको क्रिप्टोको कारणले केही राहत मिलेको भन्ने उल्लेख गरिएको छ । 

यी समाचारहरूको वैधता भने परीक्षण भएको छैन । अफगानिस्तान अहिले ठूलो राजनीतिक संक्रमणकालबाट गुज्रिरहेको हुनाले क्रिप्टोको सम्बन्धमा कुनै ठोस र दीर्घकालीन नीति प्राथमिकतामा नपर्न सक्छ । अन्य मुलुकहरूमा जस्तै अबैधानिक रुपमा हुने कारोबार भने त्यहाँ पनि रोक्न मिल्ने कुरै रहेन ।

नेपालजस्तो वैदेशिक मुद्राको संकट परिरहने देशमा अनाधिकृत रुपमा रकम बिदेसिदा विदेशी मुद्राको संकट झनझन्  गहिरिँदै जान्छ । गैरआवासीय नेपालीहरू, जो विदेशी नागरिकता वा रेसिडेन्स प्रमिट लिएर बसेका छन् उनीहरूको कारोबारमा नेपालको कानुन आकर्षित नहोला तर नेपालमै बसोबास गर्ने र विदेशी मुद्राको आयस्रोत नभएका नागरिकहरूका लागि क्रिप्टोको कारोबार वर्जित नै छ । 

भुटान भने ब्लक चेन प्रविधि र क्रिप्टोमा केही उदार रहेको देश मानिन्छ । तर, त्यहाँ पनि कस्तो प्रविधि अवलम्बन गर्ने भन्ने सम्बन्धमा ठोस निर्णय भइसकेको छैन। भुटानको रोयल मनिटरी अथोरिटीले सार्कका अन्य राष्ट्रहरूभन्दा भिन्न तरिकाले क्रिप्टो वा ब्लक चेन प्रविधिलाई नियाली रहेको देखिन्छ । पीआई क्रिप्टो, नोबेल, पोन्जी स्किम, बाइनान्स, कोल्ड वालेट, डिसेन्ट्रलाइज एप्लिकेसन जस्ता थुप्रै विषयमा आफ्ना नागरिकहरूलाई सचेत गराउँदै आएको छ । सेप्टेम्बर २९, २०२१ मा जेसिका कार्लले ब्लुमवर्गमा आर्टिकल नै लेखेर भुटानको ब्लक चेन व्यवस्थापनलाई एल सालभेडोरको भन्दा पनि विशिष्ट भनेर प्रशंसा गरेकी थिइन् । समग्रमा के देखिन्छ भने भुटानले क्रिप्टो करेन्सीमा भइरहेको विकासक्रमलाई नजिकैबाट नियाली रहेको छ र आफूलाई प्रविधिमा हुने परिवर्तनका लागि तयारी अवस्थामा राखको छ । 

नेपालमा नीति निर्माणको तहमा जब क्रिप्टोकरेन्सीको कुरा आउँछ तब संसार कहाँ पुगिसक्यो हामी टेक्नोलोजी एडप्ट गर्न नसक्ने ढुंगे युगका हौं र ? भन्ने गरिन्छ । यस्ता किसिमका प्रश्न गर्ने मुख्यतयाः दुईथरी व्यक्तिहरू छन् पहिलो जो यस क्षेत्रमा जान अन्जानले लागिसकेका छन् र लगानी फिर्ता भइसकेको छैन र थप लगानी गरिरहन चाहन्छन् अर्को थरी भनेका जो टेक्नोलोजी मात्र बुझेका छन् तर अर्थतन्त्रका विविध आयामहरू बुझेका छैनन् । टेक्नोलोजी मात्र बुझेकाहरूले जहाँबाट पनि, जसरी पनि, जुन परिमाणमा किन्न वा बेच्न सकिने तथा मनग्य आम्दानी गर्न सकिने भएकाले यसलाई निरुत्साहित गर्नुहुँदैन भन्ने हो । 

तर, किनबेच गर्न सजिलो हुँदैमा सबै क्षेत्र सुरक्षित र लगानीयोग्य हुँदैनन् । नेपालजस्तो वैदेशिक मुद्राको संकट परिरहने देशमा अनाधिकृत रुपमा रकम बिदेसिदा विदेशी मुद्राको संकट झनझन्  गहिरिँदै जान्छ । गैरआवासीय नेपालीहरू, जो विदेशी नागरिकता वा रेसिडेन्स प्रमिट लिएर बसेका छन् उनीहरूको कारोबारमा नेपालको कानुन आकर्षित नहोला तर नेपालमै बसोबास गर्ने र विदेशी मुद्राको आयस्रोत नभएका नागरिकहरूका लागि क्रिप्टोको कारोबार वर्जित नै छ । 

यसरी समान अवस्था रहेका दक्षिण एसियाली राष्ट्रहरूमा क्रिप्टो करेन्सीको हकमा करिब–करिब समान नीतिगत व्यवस्था देखिएको छ । क्रिप्टो करेन्सीमा गरिएको लगानी कुनै उत्पादनशील क्षेत्रको लगानी होइन, त्यसले कुनै रोजगारीको सिर्जना पनि गर्दैन र राजस्वमा पनि योगदान पु¥याउँदैन । सुरुका केही कारोबार वा केही व्यक्तिहरूलाई मुनाफा भएको देखिन सक्छ तर कालान्तरमा यसले कुनै भ्यालुक्रियसन नगर्ने भएकाले यस्तो लगानी अनुत्पादक नै हो ।

दक्षिण एसियाली मुलुकहरूले यदि क्रिप्टो करेन्सी लागू गर्ने हो भने पहिला डिजिटल करेन्सी लागू गर्नुपर्छ र त्यसपछि मात्र स्थानीय मुद्रामा नै कारोबार हुने गरी जमानत सहितको जिप्सी (स्वदेशी) क्रिप्टो जारी गर्नुपर्छ । यसका लागि नीतिगत तयारी, कानुन निर्माण र प्राविधिक तयारी भने अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ । यदि अहिले जस्तो विदेशी मुद्रामा कारोबार हुने र जमानतहीन कारोबार भइरहने हो भने नेपाललगायत सबै दक्षिण एसियाली मुलुक खतराको घेरामा रहिरहने छन् । 

बिहीबार १९ जेठ २०७९ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया