सोमबार, माघ ३ २०७८ ०९:५९ PM

×

कोभिड संक्रमितको संख्या बढेसँगै माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

images

काठमाडौं । कोभिड संक्रमितको संख्या दैनिक रुपमा बढेसँगै माघ १५ गतेसम्म सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको जनाएको छ।

पछिल्लो समय नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।
 

आइतबार​ २५ पुस २०७८ ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया