आइतबार​, असोज १० २०७८ ०९:०९ PM

×
images

मूलढोका नखुल्दा पनि पशुपति मन्दिर बाहिर पूजा गर्दै व्रतालु महिलाहरु (फोटो फिचर)

काठमाडौं । यो वर्षको तीजमा कोरोनाको कारण पशुपतिनाथ नखुल्दा पनि मन्दिर जाने भक्तजनाको संख्यामा कमी आएको छैन । कोरोना संक्रमणमा पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीजमा पशुपति क्षेत्रमा भक्तजनको संख्यामा उल्लेख्य मात्रामा देख्न सकिन्छ ।

कोरोना संक्रमण पहिला मूल मन्दिरमा नै भक्तजनले पूजा आरधना गर्न पाउने भए पनि हाल सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ । विगतका वर्षमा पशुपतिलगायत देशभरका शिवालयहरुमा तीजको दिन हिन्दु धर्मावलम्बि महिलाहरुको भीड अत्याधिक हुने भए पनि गत वर्षदेखि क्रमशः घट्दो क्रममा छ । कोरोनाको संक्रमणसँगै हरेका क्षेत्रमा परेको प्रभाव तीजमा पनि देखिएको हो ।

मन्दिर बाहिर भक्तजन भए पनि गतवर्षको तुलनामा यो वर्ष पशुपति जाने सर्वसाधारणको संख्यामा भने कमी आएको छ । कोरोना संक्रमण पहिलाको जस्तो तीजको रौनक भने पछिल्ला दुई वर्षमा देखिएको छैन । 

बिहीबार २४ भदौ २०७८ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया