काठमाडौं । एनसेल आजियाटाले स्थानीय चुनावलाई मध्यनजर गर्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।
अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्नेछन् ।
अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।
एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । यस्तै १०० देखि १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा र २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ५०० एमबी डेटा पाउनेछन् ।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले बताएको छ ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ, जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टकटाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १६८ रुपैयाँ पर्ने यो प्याक एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिन्छ ।
यस्तै भ्वाइस सेवा मात्र चाहिने ग्राहकले मात्र ९४ रुपैयाँमा ७ दिनका लागि मान्य हुने १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स ३ ह्यास डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।
साथै दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् ।