काठमाडौं । शुक्रबार एकै दिन ४४ लाख चिनियाँ खोप नेपाल आइपुगेको छ । सरकारले खरीद गरेर ल्याउन बाकीँ भेरोसेल खोप नेपाल एयरलाइन्सको जहाज मार्फत ल्याएको हो ।
चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।
अहिले ल्याएको खोप विषेश गरेर हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले जानकारी दिए ।
योसँगै ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने दाहालको भनाइ छ ।
त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ ।
त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए ।