मङ्गलबार, कात्तिक २ २०७८ ०५:०१ AM

×

बिजुली, बाटो र सुरक्षाको ग्यारेन्टी हुने बित्तिकै उद्योग खोल्छु भनेर धेरै आउनेछन् (अन्तर्वार्ता)

images

बेलारुसबाट मेकानिकल इन्जिनियरिङको अध्ययन पूरा गरेर फर्केपछि सुयसराज प्याकुरेलले बुवाले सुरु गरेको व्यवसाय सम्हाले । सुयस अहिले उद्योग संगठन मोरङका अध्यक्ष छन् । काठमाडौंमा बसोबास गरिरहेका प्याकुरेलले विराटनगरलाई कर्मथलो बनाए । सन् २००३ मा उनी उद्योग संगठन मोरङको कार्यसमिति सदस्यमा पनि चयन भएका थिए । 

राजनीतिकसँगै मानव अधिकारको क्षेत्रमा सक्रिय रहेको परिवारका प्याकुरेलको दोस्रो पुस्ता भने पूर्णरूपमा व्यवसायमा नै सक्रिय छन् । उनको एमएम प्लास्टिक उद्योग सञ्चालनमा छन् । यस्तै बैंकलगायत सेवा क्षेत्रमा प्याकुरेलको लगानी रहेको छ । उनको उद्योगले बहुराष्ट्रिय कम्पनीको बोटलिङमा सघाइरहेको छ । प्याकुरेल पूर्वको औद्योगिक क्षेत्रका समस्या समाधान गर्न संगठनमार्फत क्रियाशील भएर लागिरहेका छन् । उद्योग व्यवसायमा देखिएका समस्या र समाधानका विषयमा केन्द्रित रहेर अध्यक्ष प्याकुरेलसँग क्यापिटल नेपालका लागि विराटनगरबाट चीना थापाले गरेको कुराकानी ।

व्यवसायमा तपाईं कहिलेदेखि आबद्ध हुनुभयो  ?

उद्योग हाम्रो पारिवारिक व्यवसाय हो ।  राजनीति तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील भए पनि आर्थिक अवस्थालाई मजबुद बनाउनुपर्छ भनेर बुबा र काकाले व्यवसाय सञ्चालन गर्नुभएको हो । माइलो काका सुबोधराज प्याकुरेल र कान्छा काका सुमनराज प्याकुरेलले उद्योग सञ्चालन गर्नुभयो । बुबा सुशीलराज प्याकुरेलले भाइहरूले सञ्चालन गरेको उद्योगलाई सहयोग गर्नुभयो । 

हाम्रो पृष्ठभूमि राजनीति भए पनि यसलाई मागी खाने भाडो नबनाई आफैं आर्थिक रूपमा सक्षम हुनुपर्छ भन्ने सोचका साथ सानो लगानीमा बुबाहरूले सञ्चालन गरेको व्यवसायलाई पढाइ सकेपछि बेग्लै बढाउने काम गरे । पढाइ सकेपछि नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले म फर्केको थिएँ । पारिवारिक व्यवसायलाई अगाडि बढाउनुपर्छ र आफूले जिम्मेवारी लिनुपर्छ भन्ने लागेर विराटनगर आएर व्यवसाय सम्हालेको हो । पारिवारिक व्यवसायलाई अगाडि बढाउनुपर्छ भन्ने दायित्व लाग्यो । परिवारले जिम्मेवारी दिएकाले त्यहीअनुसार अगाडि बढिरहेको छु । 

बुवा र काकाहरूले एउटा जग बसाएर जिम्मेवारीसँगै अवसर पनि दिनुभएको हो । यदि व्यवसाय हुँदैन थियो भने विदेशमा नै बसेर केही गरिन्थ्यो होला । या त अरू कुनै व्यवसाय वा जागिर गरिन्थ्यो होला । बुवाहरूले बसालेको जगलाई पूर्ण गर्न जसरी म आएँ त्यसरी नै भाइहरू आए । 

अहिले तपाईंहरूको व्यवसायमा लगानीको अवस्था के छ ?

अहिले हाम्रो दोस्रो पुस्ता नै व्यवसायमा छौं । हेटौंडामा दुइटा उद्योगहरू छन् । ती उद्योग भाइहरूले सम्हालेका छन् । भाइ स्वागतराज  नर्बेमा पढाइ सकेर नेपालमा नै केही गर्नुपर्छ भनेर फर्कियो र अर्को भाइ सिर्जनराज अस्ट्रेलियामा पढाइ सकेर नेपाल फर्किएको हो । हाम्रो दोस्रो पुस्ता पूर्णरूपमा व्यवसायमा आबद्ध छौं । 

बैंकहरूमा पनि हाम्रो परिवारको लगानी छ । सिर्जना फाइनान्स सञ्चालन गरिरहेका थियौं । अहिले सिटिजन बैंकसँग मर्ज भएको छ । बुवा काकाहरूले सञ्चालन गरेको व्यवसायलाई दाजुभाइले अझ सौहार्दपूर्ण तरिकाले  सञ्चालन गरेका छौं । सबैको जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेका छौं । 

सुरुमा ५ वटा ग्राहकबाट सुरु गरेको प्लास्टिक उद्योगको अहिले ४ सय बढी कम्पनीहरू ग्राहक छन् । ग्राहकको मागसँगै उद्योगको क्षमता पनि बढाउनुपरेको छ । हामीले उद्योग सम्हालेको १९ वर्ष भइसकेको छ । वार्षिक १५ देखि २० प्रतिशत लगानी उद्योगमा थप्दै आएका छौं ।

विदेशी कोकाकोला र डाबरलगायत स्वदेशी धेरै कम्पनीहरू हाम्रो उद्योगको ग्राहक छन् । द्वन्द्वकाल, नाकाबन्दी, कोरोना र राजनीतिक अस्थिरता जुन अवस्था भए पनि उद्योग चलिरहेको छ । लगानी पनि थप्दै गइरहेका छौं । सोहीअनुसार वार्षिक रूपमा १५ देखि २० प्रतिशत नाफा पनि कमाइ रहेका छौं । ग्राहकको मागअनुसार सामान निर्यात गर्न उद्योगमा लगानी त बढाउनैपर्छ । 

सुरुमा ५ वटा ग्राहकबाट सुरु गरेको प्लास्टिक उद्योगको अहिले ४ सय बढी कम्पनीहरू ग्राहक छन् । ग्राहकको मागसँगै उद्योगको क्षमता पनि बढाउनुपरेको छ । हामीले उद्योग सम्हालेको १९ वर्ष भइसकेको छ । वार्षिक १५ देखि २० प्रतिशत लगानी उद्योगमा थप्दै आएका छौं ।विदेशी कोकाकोला र डाबरलगायत स्वदेशी धेरै कम्पनीहरू हाम्रो उद्योगको ग्राहक छन् । द्वन्द्वकाल, नाकाबन्दी, कोरोना र राजनीतिक अस्थिरता जुन अवस्था भए पनि उद्योग चलिरहेको छ । लगानी पनि थप्दै गइरहेका छौं । सोहीअनुसार वार्षिक रूपमा १५ देखि २० प्रतिशत नाफा पनि कमाइ रहेका छौं । ग्राहकको मागअनुसार सामान निर्यात गर्न उद्योगमा लगानी त बढाउनैपर्छ । 

समग्रमा उद्योग क्षेत्रको कुरा गर्नुपर्दा स्थिर सरकार भएको बेला, ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा पनि थियो । यसले गर्दा वैदेशिक लगानी पनि नेपाल भित्रिने विश्वास थियो । समग्र उद्योग क्षेत्रमा लगानी बढ्ने अनुमान निजी क्षेत्रले गरेको थियो । उद्योग क्षेत्रमा राम्रो वातावरण सिर्जना भइरहेको अवस्थामा एक्कासि कोभिड आयो । यसले उद्योग व्यवसायलाई असर गर्यो । राजनीतिक अस्थिरता पनि बढिरहेको अवस्थामा समग्रमा उद्योगमा अहिले लगानी गर्ने वातावरण भने छैन ।

नयाँ व्यवसायमा लगानी विस्तारको योजना के छन् ?

नयाँ क्षेत्रको पहिचान र अध्ययन गर्ने काम भइरहेको छ । हाम्रो सेवा क्षेत्रमा जाने योजना छ । ई–कर्मस तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने सोचमा पनि छौं । अहिले अध्ययनको काम मात्र भइरहेको छ । चलिरहेको उद्योगमा लगानी थपिरहनुपर्ने भएकाले ठूलो लगानी गरेर अर्को उद्योग सञ्चालन गर्ने अवस्था नभएकाले विस्तारै अन्य क्षेत्रमा पनि लगानी गर्ने सोचमा हामी छौं । 

अहिलेसम्म कुन क्षेत्रमा बढी लगानी भएको छ ?

उत्पादनमूलक क्षेत्रमा नै बढी लगानी छ । बैंकिङ क्षेत्रमा पनि लगानी छ । तुलनात्मक रूपमा उद्योगमा बढी लगानी भएको छ । उद्योगको लगानी बढ्दै गएको हुन्छ । त्यसले लगानी बढी हुन्छ । 

कोभिड महामारीले उद्योगहरूलाई कस्तो समस्या पारेको छ ?

कोभिड महामारीले पूर्व–पश्चिम उत्तर–दक्षिण सबै क्षेत्रमा असर पुर्याएको छ । संसारभरि नै समस्या पारेको छ । उत्पादन बिक्री हुन बजारमा चलायमान हुनुपर्छ । जस्तै, अहिले इटहरीमा भाटभटेनी खुलेको छ । त्यहाँ ग्राहकहरुको भीड देखिन्छ । त्यहाँ ग्राहकले आइसक्रिम खान्छन्, चटपटे पनि खान्छन् । केएफसीमा पनि जान्छन् ।

 सामान पनि किन्छन् । बेलुनहरू पनि बिक्री भइरहेको छ । भाटभटेनी बाहिर सिटिरिक्साको लाइन लागेको देखिन्छ । सिटिरिक्साको व्यवसाय पनि चलेको छ । त्यसपछिको स–साना होटलहरू पनि चलेका छन् । भित्र भीड हुँदा बाहिर निस्केर ग्राहकले चिया, खाजा खाने गर्छन् । कुनै एउटा ठूलो प्रतिष्ठान उद्योग खुल्दा सानो–सानो व्यवसायलाई पनि फाइदा पुगिरहेको हुन्छ । आर्थिक क्षेत्र भनेको यसरी चल्ने हो । 

कोरोना महामारीमा सबैजसो उद्योगहरू बन्द थिए । बजार बन्द थियो । मानिसहरू बजार गएर सामान किन्न थाले । खर्च गर्न थाले भने उद्योगले उत्पादन गरेको सामग्री खरिद हुन्छ । उपभोक्ताले खरिद नगरी त उत्पादित सामग्री बजारमा बिक्री हुँदैन । तसर्थ बजार खुल्दै चलायमान भयो भने महामारीमा भएको आर्थिक नोक्सानीलाई अवश्य कभर गर्न सकिन्छ ।  

अहिले पूर्णरूपमा बजार चलायमान भएको छैन । कोरोनाको तेस्रो लहर आउने हल्ला पनि चलेको छ । धेरैले खोप लगाइसकेको अवस्था छ । यसले गर्दा अब बन्द गर्ने, रोकतोक गर्ने काम हुनुहुँदैन । व्यवसाय निर्वाध रूपमा सञ्चालन नगरेसम्म आर्थिक क्षेत्र तंग्रिदैन । 
 

सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । राम्रो पनि भइरहेको थियो । तर, कोभिड महामारीले आर्थिक वृद्धि २ प्रतिशतले ऋणात्मक हुन पुग्यो । पहिलो कोरोनापछि तुरुन्तै रिभाइभ भएर ४ प्रतिशतमा पुगिसकेको थियो । सरकारले ६ प्रतिशतसम्म लक्ष्य राखेको थियो । यति पूरा गर्ने पनि थियो ।

फेरि कोरोनाको दोस्रो लहर आएर सखाप पारिदियो । कोरोना रहन्छ, हामी पनि रहनुपर्छ र व्यवसाय पनि सञ्चालन हुनुपर्छ । अब चाडपर्वहरू पनि आउँदै छन् । अब उद्योगका उत्पादित सामानहरू बिक्री हुन्छन् । व्यवसाय पनि सञ्चालन हुन्छ जस्तो लाग्छ । यति भयो भने कोरोना महामारीका समस्यालाई बिर्सदै अघि बढ्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकबाट पाएको पुनर्कर्जा सुविधाबाट उद्योगले कत्तिको लाभ लिएका छन् ?

पहिलेभन्दा धेरै व्यवस्थित भएको छ । पहिले पुनर्कर्जा लिनका लागि राष्ट्र बैंक नै धाउनुपथ्र्यो । भनसुन नगरी पार नै लाग्दैन थियो । अहिले भनसुन गर्नुपर्दैन । राष्ट्र बैंक पनि धाउनु पर्दैन । राष्ट्र बैंकको नीति नियम जे छ त्यो पूरा गरेका उद्योगले पाइरहेका छन् । 

पहिला केही उद्योगहरूले मात्र पाउँथे । अहिले समग्रमा क्षेत्र बाँडफाँड गरेर जसलाई आवश्यक छ ती साना–साना उद्योगी व्यवसायीहरूले पनि पाइरहेका छन् । यो सकारात्मक कुरा हो । केही ठूला र पहुँच भएका उद्योगहरूले मात्र पाउनु त राम्र्रो कुरा होइन । राष्ट्र बैंकले सबैलाई समान रूपमा हेरिनुपर्छ । अहिले धेरै कुराहरू सकारात्मक छन् ।

कोभिडको महामारीपछि ऋणको पुनर्तालिकीकरण गर्ने, सेड्युलिङ गर्ने, ब्याज छुटको कुरा गरेका थियौं । पहिलो कोभिडपछि केही सुनुवाइ भएको थियो । दोस्रो कोभिडमा केही पनि भएको छैन । अति प्रभावित उद्योग व्यवसायलाई केही राहत भएको छ । ब्याज तथा रकमलाई छुट्टै शीर्षक राखेर ४ किस्तामा बुझाउँदा हुन्छ भनेर राष्ट्र बैंकले भर्खरै पनि सूचना निकालेको छ । यो सकारात्मक कुरा हो । 

कोभिडको महामारीपछि ऋणको पुनर्तालिकीकरण गर्ने, सेड्युलिङ गर्ने, ब्याज छुटको कुरा गरेका थियौं । पहिलो कोभिडपछि केही सुनुवाइ भएको थियो । दोस्रो कोभिडमा केही पनि भएको छैन । अति प्रभावित उद्योग व्यवसायलाई केही राहत भएको छ । ब्याज तथा रकमलाई छुट्टै शीर्षक राखेर ४ किस्तामा बुझाउँदा हुन्छ भनेर राष्ट्र बैंकले भर्खरै पनि सूचना निकालेको छ । यो सकारात्मक कुरा हो । 

हामीले तिर्नुपर्ने दायित्व छ, व्यवसाय बन्द छ भने तिर्न सक्ने अवस्था हुँदैन । आजको दायित्व पनि तिर्नुपर्ने हुन्छ । बजार खुलेको भोलिपल्टै तिर भनेर त कसैले पनि सक्दैन । व्यवसाय सञ्चालन भए पनि तत्कालको दायित्व तिर्न सकिन्छ । व्यवसाय बन्द भएको समयको पनि दायित्व एकै पटक तिर्न गाह्रो हुन्छ । त्यसकारण चार किस्तामा बुझाउ भन्नु राम्रो हो । तर, यो पर्याप्त भने छैन । अहिले उद्योग व्यवसाय प्रताडित छन् । माथि उठ्न सकिरहेको छैन । लामो समय बन्द भएको अवस्थाको दायित्व बुझाउने कसरी भन्ने चिन्ता व्यवसायीलाई छ । 

संगठनले उद्योगको समस्या समाधानका लागि के कस्ता प्रयास गरेको छ ?

हामी संगठनको सदस्यता लिएका उद्योगहरू प्रति बढी जिम्मेवार हुन्छौं । संगठन भनेको एड्भोकेसी गर्ने, लविङ गर्ने र व्यवसायीका जायज समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याउने र समधानको काम हो । उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्न पहल गर्दिने काम हाम्रो हो । त्यो हामी निरन्तर गरिहेकै छौं । 

सदस्य उद्योगहरूमा म आफैं पनि स्थलगत निरीक्षण गर्न जान्छु । संगठनका अरू पदाधिकारी तथा सदस्यहरू जानुहुन्छ । सदस्य उद्योगका समस्या के छ । नीतिगत समस्या छ । दैनिक रूपमा आईपर्ने समस्या छन्  । जस्तो बिजुली, पानी, मजदुर, बैंकसँग पनि समस्या हुन्छ, व्यक्तिगतभन्दा पनि नीतिगत समस्याहरू लिएर संगठनले त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको छ । 

निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकारको ढोका ढकढकाउने काम संगठनले गरिरहेको छ । समृद्ध नेपाल, सुखी नेपाली सरकारको नारा छ । यही नै हुनुपर्छ नेपालमा । यसैलाई सार्थक बनाउन यही अनुसार हामीले काम गरिरहेका छौं । ‘मेरो देश मेरै उत्पादन कार्यक्रम’ पनि चलिरहेको छ । अन्य कार्यक्रम पनि संगठनले अघि बढेर गरिरहेको छ । 

उद्योग क्षेत्रमा देखिएका समस्या के छन् ?

बिजुलीको पनि पूर्णरूपमा समस्याको समाधान भएको छैन । लोडसेडिङ नभए पनि भोल्टेजको समस्या धेरै छ । यसलाई सम्बोधन गर्न जरुरी छ । उद्योग क्षेत्रको तत्कालको समस्या भनेको बजार नखुल्नु हो । उत्पादन बजारमा जान पाएको छैन । 

पूर्वाधार सारै विरक्त लाग्दो छ । एक सिजनमा बाटो बनाउँछौं अर्को सिजनमा उस्तै हुन्छ । बनाएको नबनाएको एकै किसिमको देखिन्छ । सामान ढुवानी भएर गुड्ने सडक भत्किएका हुन्छ । बिग्रेको सडकले गर्दा ढुवानी गरेर गएका सवारी साधन बिग्रने गर्छ । यसले गर्दा खर्च बढी लाग्छ । बाटो राम्रो भयो भने सवारी साधन पनि कम बिग्रन्छ, इन्धन पनि कम लाग्छ, खर्च पनि कम हुन्छ । 

हाम्रो पूर्वाधारहरू खहरेखोला जस्तो छन् । एक पटक बाढी आउँछ र अर्को पटक सखाप पारेर लान्छ । पूर्वाधार बलियो नहुँदा ढुवानी मूल्य तथा लागत एकदमै बढी भइरहेको छ । यस्तो हुनु हाम्रो लागि दुर्भाग्य हो । यसै पनि हामी चीन र भारतको बीचमा छौं । हाम्रो समुद्रसँग पहुँच छैन । आयातमा पनि ढुवानी बढी लाग्ने र आन्तरिक रूपमा पनि ढुवानीमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छ । हाम्रो उद्योग क्षेत्रमा समस्या देखिनु नेपालमा विकास नहुनुको मुख्य कारण पारवहन, आन्तरिक ढुवानी अव्यवस्थित हुनु र सडक पूर्वाधार जीर्ण हुनु हो । ढुवानीको लागत बढेर उद्योग क्षेत्र अगाडि बढ्न नसकेको हो । 

अर्को समस्या भनेको बैंकको अस्थिर ब्याजदर हो । आज मैले ६/७ प्रतिशतमा ऋण लिए । तीन चार वर्षमा या त तीन चार महिनामा नौ प्रतिशत पनि हुन सक्छ, ११ प्रतिशत पनि हुन सक्छ । यसले गर्दा उद्योगको लागत बढ्यो । त्यसकार स्थिर बैंकिङ सेवा हुनुपर्छ । उत्पादनमूलक उद्योगले एकल अंक ब्याजमै ऋण  पाउनुपर्छ । 

सरकारी निकायबाट उदासीनता छ । निजी क्षेत्रको समस्या समाधान गर्न, मागहरू पूरा गर्न जुनसुकै सरकारी कार्यालयको उदासीनता देखिन्छ । १५ वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थामा केही फरक छैन । तपाईंहरूको यस्तो समस्या रहेछ आउनुस् समाधान गर्दिन्छौं, उद्योग चाहिँ राम्ररी चलाउनुस् भन्ने उत्प्रेरण जगाउनेभन्दा कसरी घुमाउने, आजको कुरा भोलि पर्सि वा महिना दिन, एक वर्ष पुर्याउने र काम हुँदैन भन्ने सरकारी संयन्त्रका कारण उद्योगी तथा व्यवसायीमा उदासीनता बढेको छ । 

समग्रमा भन्नुपर्दा केही क्षेत्रमा सुधार पनि भएको छ । सरकारले लगानीको वातावरण पनि सिर्जना गर्न सकिरहेको छैन । जबसम्म लगानीको वातावरण सिर्जना हुन्न तवसम्म स्वदेशी लगानी पनि प्रवद्र्धन हुँदैन वैदेशिक लगानी भित्रिनु त परको कुरा हो ।

 हाम्रो पूर्वाधारहरू खहरेखोला जस्तो छन् । एक पटक बाढी आउँछ र अर्को पटक सखाप पारेर लान्छ । पूर्वाधार बलियो नहुँदा ढुवानी मूल्य तथा लागत एकदमै बढी भइरहेको छ । यस्तो हुनु हाम्रो लागि दुर्भाग्य हो । यसै पनि हामी चीन र भारतको बीचमा छौं । हाम्रो समुद्रसँग पहुँच छैन । आयातमा पनि ढुवानी बढी लाग्ने र आन्तरिक रूपमा पनि ढुवानीमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छ । हाम्रो उद्योग क्षेत्रमा समस्या देखिनु नेपालमा विकास नहुनुको मुख्य कारण पारवहन, आन्तरिक ढुवानी अव्यवस्थित हुनु र सडक पूर्वाधार जीर्ण हुनु हो । ढुवानीको लागत बढेर उद्योग क्षेत्र अगाडि बढ्न नसकेको हो । 

लोडसेडिङ हट्दा पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान बढ्न सकेन किन होला ?

लोडसेडिङ त हट्यो । तर, भोल्टेज कम आउने प्रवृत्ति हटेन । पछिल्लो समयमा उद्योगको क्षमता पनि बढाएका छन् धेरैले । विद्युत् खपत पनि बढेको छ । उद्योगको क्षेत्रमा लोडसेडिङ हट्यो भनेर म विश्वास गर्दिन । उद्योग क्षेत्रमा अहिले पनि धेरै समस्या छ । पहिला १८ घण्टाको तुलनामा अहिले १/२ घण्टा हुनु कम हो । अहिले विद्युत प्राधिकरण बिजुली खपत गर्नुस् भनेर आइरहेको छ । तर, बिजुलीको महसुल घटाएमा पो खपत बढ्छ । अहिले बिजुलीभन्दा सस्तोमा सोलार पाइन्छ ।

विदेशी तथा स्वदेशी कम्पनीले सतप्रतिशत सोलार लगाइदिएर विद्युतको भन्दा सस्तो मूल्यमा सोलार अफर गर्न थालिसकेको अवस्थामा भोलि प्राधिकरणले मूल्य नघटाई त पार लाग्दैन । हाम्रो उत्पादन अनि हामीले नै महँगोमा किन्नुपरेपछि कसरी हुन्छ ? अब प्राधिकरणले स्किम ल्याउनुपर्छ । 

मान्छेले बजारमा सामान किन्दा सस्तोका साथै राम्रो पनि खोज्छ । हो, हामी पनि त्यही खोजीरहेका छांै । तर, बिजुलीको गुणस्तर पनि छैन र सस्तो पनि छैन । हामीले हेर्ने भनेको भारतलगायत छिमेकी राष्ट्रहरू हो । छिमेकी राष्ट्रहरूमा कुनै पनि उत्पादनको लागत मूल्य कति छ, हामीले गर्ने उत्पादनको र हाम्रो लागत कति छ । हाम्रो लागत एकदमै धेरै छ । मजदुरको ज्याला पनि  बढी छ भने  बिजुलीको महसुल पनि बढी छ । यहाँ हरेक कुरा बढी मूल्य छ । औद्योगिक वातावरण पनि सौहार्दपूर्ण छैन । राज्यले उद्योगलाई हेर्ने नजर परिवर्तन भएको छैन । त्यसकारण समग्र उत्पादनमूलक क्षेत्र माथि जना नसकेको हो ।

उद्योग विस्तार गर्न राज्यले के गर्नुपर्ला ?

राज्यले गर्नुपर्ने कुरा कति भन्नु, भन्दा–भन्दा थाकिसक्यौं हामी । पहिलो त राज्य पूर्वाधार बनाउनुपर्छ । गुणस्तरीय पूर्वाधारमा जोड दिनुपर्छ । जसले गर्दा औद्योगिक क्षेत्रलाई पनि फाइदा पुग्छ । 

एक ठाउँबाट अर्को ठाउँमा जाँदा बिना समस्या गन्तव्यमा पुग्न सकियोस् । त्यसका लागि गुणस्तरीय सडक आवश्यक पर्छ । रेलमार्ग, जहाज एक छिन बिर्सेर कुरा गर्ने हो भने पनि अहिले ठूला–ठूला सडक चार लेन, छ लेनका सडकहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निर्माण भयो, बिजुली २४ सै घण्टा, सातै दिन गुणस्तरीय भोल्टेज सहितको आइरह्यो । बिजुली, बाटो र सुरक्षा तीन कुरा सरकारले व्यवस्था गर्यो भने व्यवसाय बढाउने काम हाम्रो हो । त्यो हामी गरिहाल्छौं । तीन कुराको ग्यारेन्टी हुने बित्तिकै उद्योग त म खोल्छु भनेर धेरै आउनेछन् । हामीकहाँ व्यवस्थित औद्योगिक क्षेत्र नै छैन ।

घर र उद्योग एकै ठाउँमा हुँदा छिमेकीसँगको सम्बन्ध नराम्रो हुन्छ । हामीले उद्योग सञ्चालन गर्दा छिमेकीलाई समस्या हुन्छ । छिमेकीले किचकिच गर्दा हामीलाई पनि काम गर्न समस्या हुन्छ । यो कुरालाई त राज्यले सम्बोधन गर्नुपर्ने हो । यसले समाजसँग द्वन्द्व सिर्जना हुने अवस्था पनि आउने गरेको छ । त्यसैले राज्यले औद्योगिक क्षेत्र छुट्टै, कुनै ठाउँ, बस्ती अर्को ठाउँमा व्यवस्थित गर्ने कुरा त सोच्नुपर्ने हो । घरमा दुई बच्चा झगडा गर्दा मिलाउने काम अभिभावकको हो । अभिभावकले छोराछोरीको झगडा मिलाउँछन् । तर, हाम्रो अभिभावक नै  भएनन् । 
राज्य र निजी क्षेत्रबीचको गति पनि मिलेको छैन । सरकार र निजी क्षेत्रलाई एक रथको दुईपाङ्ग्रा भनिएको छ । तर, एउटा पाङ्ग्रा स्कुटीको र अर्को पाङ्ग्रा ट्यांक्टरको भयो । निजी क्षेत्र दौडन्छ तर राज्य जहिलो ढिलो हुन्छ । त्यसकारण राज्य र निजी क्षेत्रको तारतम्य पनि मिलिरहेको छैन । 

उद्योगको प्रतिस्पर्धात्मक क्षमता कम छ । यसले गर्दा निर्यात बढाउन सकिएको छैन । यसलाई बढाउन के गर्नुपर्ला ?

प्रतिस्पर्धात्मक क्षमता कम छ, यसलाई बढाउनुपर्यो, कुरो यही हो । तर, गर्ने कसरी भन्ने कुरा पहिला आउँछ । आयात प्रतिस्थापन गर्नु पनि निर्यात प्रवद्र्धन गरे जस्तै हो । भनेको स्वदेशी उत्पादनलाई अभिवृद्धि गर्दै आन्तरिक उत्पादन बढाउन थालियो र हाम्रो उत्पादन सस्तो भयो भने मानिसले आयात पनि कम गर्न थाल्छन् । हाम्रो उत्पादन गुणस्तर र सस्तो पनि छ भने मानिसलाई विदेशी नै लेवल लगाएको खोज्दैन, आफ्नै उत्पादन किन्छन् । 

हामीले निर्यात गर्ने वस्तुको पहिचाहन गर्न खोजिरहेको छौं, तर सकिरहेका छैनौं । प्रतिस्पर्धा गर्ने वस्तुहरूको पहिचाहन गर्नुपर्ने हुन्छ । हाम्रो प्रदेश १ मा चिया, अदुवा, अलंैची, अम्रिसोलगायतका धेरै वस्तु छन् । तर, यी हामी कच्चा पदार्थ नै बेचिरहेका छौं । एक सय रुपैयाँको वस्तुलाई हजार रुपैयाँमा बेच्न सके पो बहादुरी त, एक सयको वस्तुलाई एक सयमा नै बेचेको के मतलब । कच्चा पदार्थ बेचेर काम छैन । यही उत्पादन बिचौलियाले तेस्रो मुलुक लगेर बेच्छ, उसले यसबाट १० गुणा बढी नाफा कमाउँछ । यस विषयमा पहिलादेखि भट्याइरहेका छौं, गर्न केही सकिरहेको छैनांै । 

हाम्रा तुलनात्मक लाभ भएका कृषिजन्य र माइनमा आधारित सिमेन्ट छ । अब सिमेन्टको निर्याततिर सोच्नुपर्यो । पूर्वाधार निर्माणमा पनि सिमेन्ट धेरै प्रयोग गरिन्छ । निर्यात बढाउन सरकारले बिजुली सस्तो बनाइदिनुपर्योे । बिजुली नी हाम्रै हो, पानी नि हाम्रै हो । माइन सिमेन्टको ९० प्रतिशत कच्चा पदार्थ स्वदेशकै हो । नेपालले के निर्यात गर्ने हो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । जडिबुटी भए त्यही अनुसारको काम हुनुपर्यो । जडीबुटीलाई प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाइदिनुपर्यो । नियम कानुन जटिलता, प्रक्रियागत जटिलता गरेर कहिले पनि निर्यात प्रवद्र्धन हुँदैन । 

पाँच वर्षमा ३ वटा वस्तु निर्यात गर्ने, के के गर्ने भनेर त्यसलाई प्राथमिकतामा राख्नुपर्यो । स्विट्जरल्याण्ड जस्तो सानो मुलुकले आज संसारमा अर्बौं डलरको स्वीस घडी निर्यात गर्छ । स्वीस चकलेट संसारभरि प्रख्यात छ । प्रविधिमा धेरै अगाडि छ । ४÷५ वटा वस्तु मात्र निर्यात गरेर बाँकी वस्तु आयात गरेर पनि प्रतिस्थापन गर्न सकिन्छ । सबै वस्तु निर्यात गर्ने उद्योग नेपालमा खोल्नुपर्छ भन्ने छैन । आयात पनि हुनुपर्यो । आफैंले मात्र उत्पादन गर्न थाल्यो भने संसारभरको ट्रेन चल्दैन । 

आफूले कति निर्यात गर्ने प्राथमिकतामा कति वस्तु राख्ने र नेपाललाई चिनाउने केले त्यो कुरालाई प्राथमिकता दिनुपर्यो । हामीले चियापत्तिले चिनाउन नै सकेका छैनौं । चियापत्ति राम्रो भन्छौ, नेपालको चियापत्ति जति निर्यात हुनुपर्ने हो त्यति भएको छैन । चियापत्ति निर्यातजन्य वस्तुहरूमा चौथो नम्बरमा छ । जडीबुटीलाई राम्रो गर्न सकेका छैनौं । प्रशोधन भन्ना साथ उद्योगसँग जोडियो ।

किसानसँग लिइन्छ, प्रशोधन गरिन्छ, प्रशोधन हुनासाथ किसानले बढी मूल्य पाए । उद्योगले पनि बढी मूल्य पायो, व्यवसायीले पनि बढी मूल्य पाए । त्यसकारण प्राथमिकतामा राखेर, कृषिमा के गर्ने, पूर्वाधार विकासमा कुन उद्योगलाई प्राथमिकता दिने भनेर ४/५ वटा वस्तुलाई फोकस गरेर योजना बनाउन सकियो भने, निर्यातमा नेपालले फड्को पार्छ । 

जे पनि बनाउने, जे पनि निर्यात गर्ने । कम्तीमा ४०/५० प्रतिशत भ्यालुयाडिसन नभएसम्म नेपालीले लाभ नै पाउँदैनन् । होइन भने निर्यातको फिगर त बढ्छ, तर नेपाललाई लाभ चाहिँ के ? त्यसैले तुलनात्मक लाभका वस्तुहरू पहिचाहन गरियो भने र त्यही अनुसारको व्यवस्था मिलाउने सकियो भने निर्यात बढाउन सकिन्छ । नेपाललाई लाभ पनि हुन्छ ।

जे पनि बनाउने, जे पनि निर्यात गर्ने । कम्तीमा ४०/५० प्रतिशत भ्यालुयाडिसन नभएसम्म नेपालीले लाभ नै पाउँदैनन् । होइन भने निर्यातको फिगर त बढ्छ, तर नेपाललाई लाभ चाहिँ के ? त्यसैले तुलनात्मक लाभका वस्तुहरू पहिचाहन गरियो भने र त्यही अनुसारको व्यवस्था मिलाउने सकियो भने निर्यात बढाउन सकिन्छ । नेपाललाई लाभ पनि हुन्छ ।

हामीले उत्पादन प्रवद्र्धन र आयात प्रतिस्थापन गर्नका लागि ‘मेरो देश मेरो उत्पादन’ कार्यक्रम सञ्चालन गरेका हौं । हामीले स्वदेशी वस्तु प्रयोग गर्दा पैसा स्वदेशमा नै पैसा बस्छ । विदेशी वस्तु प्रयोग गर्दा हाम्रो पैसा विदेश गइरहेको हुन्छ । 

बैंकहरूमा तरलता संकट देखिएको छ । बैंकबाट कर्जा पाउन कत्तिको समस्या भएको छ ?

कर्जा पाउन त्यति समस्या छैन । कर्जा पाउन सहज छ । यहाँ त कर्जा तिर्नलाई समस्या छ । उद्योग व्यवसाय राम्रोसँग सञ्चालन भए त कर्जा तिर्न सकिन्छ । व्यवसाय नै बन्द भएको अवस्थामा कसरी कर्जा तिर्ने । लिनुभन्दा दिन गाह्रो छ । 

ब्याजदर बढ्न थालेको छ । यसले उद्योग व्यवसायलाई कस्तो असर गर्ने छ ?

बैंकहरूले ब्याजदर बढाउन थालेका छन् । ब्याज बढ्नु भनेको उत्पादनमूलक क्षेत्रलाई असर गर्नु हो । अहिलेको ४ प्रतिशतमा लिएको ऋण ५ वर्षमा दुई गुणा भयो भने उद्योगले प्रतिस्पर्धा गर्न सक्दैन । 

हामीलाई एकल अंकमा ब्याजदरमा ऋण चाहिन्छ । ६/७ प्रतिशतको हाराहारीमा उत्पादनमूलक उद्योगले पाइरहेका छन् । ब्याजदर बढ्नासाथ लागत बढ्छ । यतिकै पनि बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ । त्यसकारण राष्ट्र बैंकले ब्याज बढ्न दिने खालको वातावरण सिर्जना गर्न हुँदैन ।

आफ्नो वित्तीय औजारहरूको प्रयोग गरेर कमसेकम उत्पादनमूलक उद्योगहरूका लागि राष्ट्र बैंकले ब्याज स्थिर राख्ने प्रयत्न गर्नुपर्छ । सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर समन्वयकारी भूमिका निर्वाह गरेर ब्याजलाई स्थिर राख्नुपर्छ । उद्योग पहिचाहन गरेर, उत्पादनमूलक उद्योगलाई ब्याजदर परिवर्तन गर्न हुँदैन । 

उद्योग संगठनले स्टार्टअप नयाँ योजना अघि सारेको छ । अहिले के भइरहेको छ ?

हामीले साउन १ गतेदेखि ३२ गतेसम्म माग्दा ४८ वटा आवेदन परेको छ । यसमध्ये हामी २० जनालाई छनोट गर्छौं । राम्रा–राम्रा आइडियाहरू परेका छन् । संगठनले सोचेभन्दा राम्रा आइडिया आवेदनमा रहेको छ ।  परेका आवेदनहरूको छनोट प्रक्रियाको काम भइरहेको छ । सहजकर्ताहरू पनि संगठनले नियुक्त गरिसकेको छ । विदेशी पार्टनरहरू पनि यसमा आबद्ध छन् । काठमाडौंका विभिन्न आईएनजीओहरू पनि आबद्ध छन् । उद्योग वाणिज्य महासंघ आबद्ध छ । 

नेपालको कुनाकाप्चा, गाउँ–गाउँबाट युवाहरूले उत्साहित भएर नयाँ सोच ल्याउनुभएको छ । लगानी जुटाउन बैंकहरूसँग समझदारी पनि गरिएको छ । व्यवसायीहरूलाई पनि आग्रह गर्छाैं । वैदेशिक लगानीकर्ताहरूलाई पनि आग्रह गर्छौं । लगानी जुटाएर युवाहरूलाई आफ्नै खुट्टामा उभिनेसम्म हामी बनाइदिन्छांै । यो हाम्रो प्रतिबद्धता हो । 


 

आइतबार​ ३ असोज २०७८ ०८:४४ AM मा प्रकाशित

प्रतिक्रिया