काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल उन्ड मेडिकल इन्स्टिच्युटबीचसेवा प्रदान गर्नेबारे सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायुका अपरेसन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म चिरायुबाट नगदरहित हस्पिटलाईजेसन सुविधा पाउनेछन् ।
प्रतिक्रिया